कलाभिडियो चौतारी

‘घामड शेरे’ ट्रेलर रिलिज, ‘साली’ स्वस्तिमाको प्रेममा निश्चल

निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘घामड शेरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हेमराज विसी निर्देशित फिल्ममा अभिनेता निश्चल वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवकको भूमिकामा छन् । उनी विदेशमा कमाएको पैसाले किनेको खेतमा तरकारी खेती गर्ने योजना बनाएर गाउँ फर्किन्छन् ।

तर, विदेशमा कमाएको पैसाले किनेको जग्गा खोलाले बगाएपछि घामड पात्रले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ । फिल्ममा उनको सालीको भूमिका अभिनेत्री स्वस्तिमाले निभाएकी छन् । कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकलाई उत्सुकता जागृत गर्न सफल हुने देखिन्छ । फिल्ममा निश्चलको श्रीमतीको भूमिका सुष्मा निरौलाले निभाएकी छन् । कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा फिल्म खिचिएको छ ।

‘घामड शेरे’ कमेडी विषयवस्तुमा निर्माण भएको बताइएको छ । गौरी मल्लको अतिथी भूमिका रहेको फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको फिल्ममा संगीत छ । निर्देशक विसीले नै फिल्मको कथा तथा पटकथा लेखेका हुन् ।

‘घामड शेरे’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्माता समेत रहेका निर्देशक विसीले बताए । यसपटक आफूले मौलिक कथा पस्कने प्रयास गरेको उनको भनाई छ । अभिनेत्री स्वस्तिमाले पहिलो पटक निर्देशक विसी र श्रीमान् निश्चलसँग काम गर्न पाउँदा रमाइलो अनुभव भएको बताइन् । अभिनेता निश्चल भने फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन् । फिल्मका निर्माता सिमोस सुनुवार हुन्।फिल्मीखबर       

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button