
२८ असोज २०७६, ललितपुर । वल्र्ड इभान्जेलिकल एलायन्स (WEA) का महासचिव इफ्राइम टेन्डेरो पहिलोपटक नेपालमा आउनुभएको छ ।
नेपाल राष्ट्रिय मण्डली संगति (एन.सी.एफ.नेपालको विशेष निमन्त्रणमा आउनुभएका डब्लु ई.ए. (WEA) का महासचिव टेन्डेरो आज एन.सी.एफ.नेपालद्वारा आयोजित वार्षिक, उत्सव तथा साधारण सभाको प्रमुख अतिथि तथा कार्यक्रमको मुख्य वक्ताको रूपमा हुनुहुन्छ ।

हिजो २७ गते सोमबार बेलुकी डब्लु ई.ए. (WEA) का महासचिव टेन्डेराको स्वागतमा एन.सी.एफ.नेपालद्वारा कुपन्डोलस्थित ग्रीनवीच भिलेज होटलमा आयोजित रात्री भोजमा एन.सी.एफ.नेपालका पुर्वअध्यक्ष तथा वर्तमान अध्यक्ष समेत रहेका रेभ. सूर्य बहादुर बल तामाङ गरी तत्कालिन ८ जना पूर्वअध्यक्ष र ४ जना पूर्वमहासचिव र वर्तमान महासचिव गरी ५ जना पनि रात्रिभोजमा उपस्थित हुनुभएको वर्तमान महासचिव शेर बहादुर ए.सी.ले हामीलाई जानकारी दिनुभयो । स्मरण रहोस, एन.सी.एफ.नेपाल डब्लु ई.ए. (WEA) को नेपालमा पहिलो सदस्य संस्था हो ।



