
काठमाडौं : सर्बोच्च अदालतको आदेशमा रिहा भए लगत्तै नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’लाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटउपर भएको बहसपछि अदालतले श्रेष्ठलाई रिहाको आदेश दिएको थियो तर प्रहरीले उनलाई अदालतको गेटबाटै गिरफ्तार गरेको छ । अदालतले रिहा गरे लगत्तै महानगरीय प्रहरीबृत्त सिहंदरबारले श्रेष्ठलाई गिरफ्तार गरी बमविस्फोटको मुद्दा लगाएको छ । ओखलढुंगा घर भएका श्रेष्ठलाई चैत १० गते मोरङको कानेपोखरीबाट प्रहरीले गिरफ्तार गरेको थियो । त्यसपछि उनलाई अदालतले पटक पटक रिहाईको आदेश दिएपछि प्रहरीले गिरफतार गर्दै आएको छ ।
२०७६, २९ आश्विन बुधबार १८:५६ ई-रातो खबर



