कृषि र किसानविचार

व्यावसायिक गाईपालनमा समस्या

सहकारीकर्मी रामचन्द्र उप्रेतीद्धारा गाईको आयात रोक्नुपर्ने आशयको लेख पढ्न पाइयो । आयात रोक्ने भन्ने भन्दा पनि वाच्छीको वृद्धी गर्ने र यहाँको माग स्वत पुरा हुने यो लेखको आशय रहेको देखिन्छ । उन्नत जातका वाच्छीहरु निकम्मा हुदै जाने र वर्षौ अरवौं रकम भारतमा पठाइ गाई आयात गर्ने अवस्था रहे सम्म कृषकहरुको ब्यवसाय दिगो त हुदैन साथसाथै वर्षेनी ठुलो धनरासी विदेश जाने गर्छ भन्ने तर्क मनासिव रहेको छ ।

प्रशव पिडा आमालाई मात्र थाहा हुन्छ भनेझै किन गाईपालक कृषकले वाच्छी हुर्काउदैनन भन्ने वारेमा गाईपालक ब्यवसायी कृषक सँग नै वुझनु उपयुक्त हुने ठानेर दशैंविदामा पङ्कतिकारले मेचीनगर ४ का गाईपालक कृषक कल्प प्रसाद पौडेल र घनश्याम खनाल सँग कुरा गर्ने अवशर प्राप्त गर्यो ।
गाईपालक कृषक समेत गाई भारतवाट ल्याउँदा ठुलो धनरासी लगानी गर्नुपर्ने देखि अनेकानेक झमेलाहरु वेहोर्नु परेकाले वाच्छी वृद्धी गरेर यही गाईको संख्या वढाउनु पर्नेमा पुर्णरुपमा अवगत छन । ब्यवसायिक गाईपालक कृषक कल्प पौडेल एउटा वाच्छीलाई गाई वनाउँदा सम्म भारतवाट गाई ल्याउँदा लाग्ने लागत वरोवर खर्च हुने वताउँछन । उनका अनुसार त्यस अवधिमा वैकंको किस्ता तिर्नुपर्ने , दाना पानीको लागि गर्नुपर्ने खर्चको कारण वाच्छी हुर्काउन कठिन भएको अवस्था छ । तर पनि उनले अहिले आफ्नो गोठमा १५ भन्दा वढी वाच्छी हुर्काउन प्रयास गरेपनि अव नसकिने अवस्था आएको वताए ।
अर्का ब्यवसायिक गाईपालक घनश्याम खनालले सुरुमा स्थानीय जातका गाईपालन गरि वाच्छी हुर्काएर गाईको वृद्धी गरेपनि उन्नत जातको वनाउन नसकिएको गुनासो ब्यक्त गर्दछन , उनका अनुसार कृतिम गर्भाधानका लागि प्रयोग गरिने सिमन (विउ) समेत प्रयोग गरेको तर त्यसवाट जन्मेको वाच्छीहरु उन्नत जातको हुन नसकेको हुँदा वाच्छी हुर्काउँदा लागत समेत नओत्ने हुन्छ । वाच्छी गाई वन्दा सम्मको लागत भन्दा गाईको विक्री मुल्य कम हुने अवस्थाले गर्दा समस्या रहेको उनको वुझाइ छ ।
सरकारले दुधमा आत्मनिर्भर हुने कार्यक्रम ल्याएको छ । भारतवाट आउने धुलो दुध समेत मिलाएर जेनतेन माग धानेको नेपाली दुध वजारका अनेकन कमजोरी त छन नै तर त्यस भन्दा पनि दुधमा आत्मनिर्भर हुने भनेको गाईमा नै आत्म निर्भर हुने हो । वषौं अरवौं रकम गाईका लागि भारत पठाउन रोक्ने एक मात्र विकल्प गाईको संख्या स्वदेशमा नै वढाउने हो । यसका लागि वाच्छीको संख्या वढाउने र स्वस्थ रुपमा हुर्काउने नै हो । तर यस सम्वन्धमा हाल सम्म कुनै अध्ययन अनुसंधान भएको पाइएको छैन । समयमा ध्यान नदिने हो भने गाई पालन समस्याको समाधान हैन समस्या थपिने अवस्था हुन सक्छ । त्यसर्थ यसका समस्या र आगामी वाटोका लागि केही गन्थन आवश्यक देखियो ।
पशुस्वास्थ्य सम्वन्धी समस्या
नेपालमा पशु सम्वन्धी रोग अन्वेशन र उपचारको अवस्था अत्यन्त दयनीय छ भन्न सकिन्छ । पशुचिकित्सकको अभाव र भएका चिकित्सकहरुको अध्ययन र अनुसंधानमा देखिएको वेवास्थाले हाम्रो उपचारको क्षमता कमजोर देखिएको छ । करिव एक महिना अघि यो पङ्कतिकारको गाईको एक थुनवाट दुधमा रगत मिसिएर आयो । मेचीनगर भरिका आफुले चिने जानेका र नगरपालिकाका पशु सेवा शाखाका प्राविधिकको सहयोग लिँदा समेत कुनै सुधार भएन । करिव अव थुन विग्रने अवस्थामा पुगेपछी मरता क्या नही करता भने झै इन्टरनेटमा उपचार खोजीयो । पाकिस्तानी विश्वविद्यालयका पशुचिकित्सकले प्रकाशित गरेको जर्नलमा आधारित घरायसी उपचार प्रयोग गरि निको पारियो। गाई वाँचेको अवस्थामा समेत एउटा थुन विग्रनु भनेको एक चौथाई दुध कम हुनु हो । यस्ता समस्या भोग्ने कृषकहरुको संख्या कति होला सम्वन्धित निकायलाई हेक्का नै छैन ।
भारतवाट ल्याइएको पशुहरुमा मोर्टालिटी (मृत्यू) दर वढी देखिएको छ , वातावरणीय असन्तुलन , आहारा आदी के कारणले यस्तो हुन्छ भन्ने हाल सम्म कुनै अध्ययन गरेको देखिदैन । नियमित ६ महिनामा खोरेतको खोप लगाउनु पर्ने भएपनि खोप नियमित छैन । थुनेलो एक प्रकारको खतरा संक्रमण भएपनि यसको उपचारको लागि अहिले कृषकहरु भारतिय ग्वालहरु सँग सोध्न वाध्य भएका छन । उनीहरुको सल्लाहमा सोडा, फिटकिरी र चिनी खुवाउने गरेका छन । अन्य कुनै रोग लागे पशुको रक्त परिक्षण गर्ने स्थान झापामा छैन । ब्यवसायिक पशुपालक कृषकहरु थुनेलो संक्रमणका कारण ठुलो घाटमा रहेको शायदै पशु विभागलाई थाहा होला ।
अवको वाटो
ब्यवसायिक पशुपालकहरुलाई मात्र नभइ हरेक कृषकलाई पहिला आवश्यक पशुउपचार केन्द्रको रहेको छ । पशु चिकित्सकको संख्या वढाउनका लागि एस.एल.सी सरहको भेटेरेनरी प्राविधिकको भर नपरी अव्वल विद्यार्थीको छनौट गरि वरु सरकारी खर्चमा नै पढाउन पठाउन आवश्यक छ । शायद नेपालमा यसको पढाइ हुन सक्दैन किनकी हाल सम्म कुनै जर्नलहरु नेपाली चिकित्सकले प्रकाशित गरेको पाइएन । कृषक र पशुको संख्याको आधारमा हरेक जिल्लामा एउटा अत्याधुनिक पशुउपचार केन्द्र ( रगत समेत जाँच्न सकिने) स्थापन गर्न सक्यो भने कृषकलाई राहत पुग्न जान्छ ।
वाच्छीवाट गाई उत्पादन गर्नु भनेको कच्चा पदार्थ प्रशोधन गरि वस्तु उत्पादन गर्नु सरहको काम हो । यसवाट थप रोजगार सिर्जना हुन्छ । तर गाई पालन गरेका ब्यवसायीहरुवाट वाच्छी वृद्धी सम्भव हुन्छ कि हुदैन भन्ने विश्लेषण गर्नु आवश्यक छ । ब्यवसायी पशुपालकहरु वैकं तथा वित्तिय संस्थावाट लिएको ऋणको भार कम गर्न तथा गाईको दाना र दैनिक ज्याला लगायतका खर्च ब्यवस्थापन गर्नका लागि मुख्य रुपमा दुधमा मात्र केन्द्रित हुन्छन । यस्तो अवस्थामा उनीहरुवाट वाच्छी पाल्न सम्भव हुदैन ।
राज्यका तर्फवाट गाई श्रोत केन्द्रको रुपमा स्थापना गरि वाच्छी संकलन गर्ने रामचन्द्र उप्रेतीले सुझाएको विधि एकदमै राम्रो हो । तर राज्यले यो गर्ला भनेर विश्वास गर्ने अवस्था देखिदैन । आयात वढाउने र राजश्व संकलनमा मात्र केन्द्रित सरकारले दिर्घकालिन महत्व राख्ने काम गर्ला भन्ने अवस्था रहेन । गाईपालन गर्दा वाच्छी मात्र हैन वाच्छाहरु समेत जन्मने भएका कारण ति वाच्छालाई के गर्ने भन्ने कुनै योजना देखिदैन । भारत समेत लान नपाइने कारणले गर्दा वाच्छालाई जङ्गलमा लगेर छोडेको समेत घट्नाहरु छन । अर्को गाई दुध उत्पादन गर्न नसक्दा कसरी ब्यवस्थापन गर्ने भन्ने वारेमा कोही कसैको ध्यान देखिदैन । यस्तोमा गाईपालनका चुनौती कसरी सामना गर्ने भन्ने वारेमा गुरु योजना नै वनाउनु पर्ने देखिन्छ ।
वाच्छी मात्र उत्पादन हुने भनिएको सेक्स सिमनको प्रयोग गरि उत्पादन भएको वाच्छी फार्मवाट ३ महिनामा खरिद गर्ने र साना कृषकलाई दिने । वाच्छी वृद्धीको लागि जुन अनुदानको कुरा गरिएको छ त्यो अनुदान नगदमा नदिइ दानामा दिने , घाँसको विउ साना कृषकलाई पनि दिने । वाच्छीको स्वास्थ्य , रोगको उपचार , अन्य सल्लाहको लागि गोठमा नै प्राविधिकको पहुँच पुर्याउने र गाई तयार भएपस्चात कृषकले वेच्न चाहे उचित मुल्यमा खरिद गर्ने हो भने वाच्छी हुर्कने र क्रमश गाईको आयात वन्द हुने अवस्था आउन सक्छ । यस कार्यका लागि सहकारीहरुले भुमिका निर्वाह गर्न सक्छन ।
तर हाल ब्यवसायिक रुपमा पशुपालन गरेका कृषकहरु करिव ब्यवसाय वन्द गर्ने अवस्थामा रहेको मेचीनगर ४ का घनश्याम खनाल वताउँछन । दाना उत्पादकहरुले दैनिक जसो मुल्य वृद्धी गर्ने तर दुधको मुल्य भने नवढ्ने अवस्थाले ऋणको किस्ता समेत तिर्न नसक्ने अवस्था आएको खनालको भोगाइ छ । यस क्षेत्रमा धेरै अघि देखि गाईपालनका लागि क्रियाशिल खनाल यस वर्ष उनको गोठमा ८ वटा गाई मरेका कारण निरास भएका छन ।
गोठमा भरिभराउ गाईको संख्या , दाना पानी र पुर्वाधारको ब्यवस्था राम्रो गर्न सफल गाई पालक कृषकहरुको कथा वाहिर देखे जस्तो नभइ फरक पाइयो । यस्तो अवस्थामा दुधमा आत्म निर्भर हुन सकिने हो वा होइन यसै भन्न सकिने अवस्था छैन । कमसेकम राज्यका सम्वन्धित निकायहरुले यस सम्वन्धमा अध्ययन अनुसंधान गर्ने र ठोस उपाय पत्ता लगाउन ढिला भइसकेको छ । यसमा रामचन्द्र उप्रेती जस्ता सहकारी कर्मी र अगुवाहरुले राज्यलाई झकझक्याउने र अध्ययन अनुसंधानमा प्रेरित गर्न आवश्यक भएको छ । गाईपालक कृषक र हामी जस्ताको भन्दा आखिर वोली त वहाँहरुकै विक्ने त हो ।
कुनै ब्यक्ति वा संस्थाले आफ्नु विचार वा धारणा दिने मात्र हो । त्यसरी दिएको विचारलाई हाइपोथेसिस ( परिकल्पना) को रुपमा मानेर भएपनि उक्त विषयमा अध्ययन अनुसन्धान गर्ने र कार्यान्वयनमा ल्याउनुे अथवा वेवास्ता गर्ने जिम्मा पनि सम्वन्धित निकाय कै भएकाले आगे वहाँहरुकै मर्जी ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button