
जी.आर. धिताल
झापा / झापाली व्रिmकेटले विगतदेखि नै राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलमा आफ्नो उपस्थिति देखाउँदै आएको छ । झापामा पनि काँकरभिट्टाबाट प्रतिनिधित्व गर्दै लाक्पा लामा, मनोज कटुवाल, सन्नी पुन लगायतका खेलाडीले राष्ट्रियस्तरमै आफ्नो नाम लेखाएका छन् । व्रिmकेटमा महिलाको उपस्थितिलाई दर्बिलो बनाउने व्रmममा रुबिना क्षेत्रीले राष्ट्रिय व्रिmकेट टोलीको नेतृत्व प्राप्त गरिन् भने अर्की खेलाडी काजल श्रेष्ठको पनि नाम राष्ट्रिय टोलीमा विगतदेखि नै लेखिदै आएको छ । यीनै दुई खेलाडी अहिले पुनः एकपटक व्रिmकेटको चर्चामा आएका छन् ।
वुमेन्स च्याम्पियन लिग क्रिकेट डब्लूसीएल हालै सम्पन्न भएको छ ।
नेपालमा पहिलोपटक आयोजना भएकोे महिला क्रिकेटको टि–ट्वान्टि फ्रेञ्चाइज सो डब्लुसीएलमा नेपाली महिला क्रिकेट खेलाडीहरु विभिन्न ५ वटा टिममा बाँडिएर सहभागी भएका थिए ।
नेपाली महिला क्रिकेटको राष्ट्रिय टिममा झैं वुमेन्स च्याम्पियन लिगमा समेत काँकरभिट्टाका खेलाडीहरुको सशक्त उपस्थिति रह्यो । मेचीनगरका चेलीहरुले लिगमा आफ्नो खेल कौशल प्रस्तुत गर्दै प्रभुत्व जमाउन सफल भए ।
प्रतियोगितामा अलग–अलग टिमबाट नेपाली महिला राष्ट्रिय क्रिकेटकी कप्तान रुविना क्षेत्रीसहित काँकरभिट्टाका ९ जना खेलाडीहरु सहभागी थिए । जसमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्री, रोमा थापा, अप्सरी बेगम र संगीता थापा क्याट क्वीन्स काठमाडौंबाट सहभागी थिए
त्यस्तै, काजल श्रेष्ठ, ङिमा तामाङ्ग, निशा दनुवार र लकिता राजवंशी प्रतियोगितामा अपराजित हुँदै उपाधि जितेको चितवन राईनोजबाट सहभागी थिए । त्यसैगरी, विराटनगर टाईटन्सबाट मेचीनगरकी एकमात्र खेलाडीका रुपमा सवनम राई सहभागी थिइन् ।
राष्ट्रिय टिमकी कप्तान समेत रहेकी काँकरभिट्टाकी रुविना क्षेत्रीले क्याट क्वीन्स काठमाडौंको नेतृत्व गरेकी थिइन् । जसमा कप्तान रुविनाले प्रतियोगिता भरिकै सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै १ सय २५ सिसिको स्कुटरसहित ५० हजार रुपैयाँ नगद हात पारिन् ।
कप्तान रुविना विभिन्न खेलमा गरी ३ पटकसम्म वुमेन अफ दी म्याच समेत घोषित भइन् । रुविनाले प्रतियोगिता अवधिरभरको ६ खेलमा २ अर्ध शतकसहित कुल २ सय १४ रन बनाउनुका साथै ५ विकेट लिइन् ।
त्यस्तै, चितवन राइनोजको ओपनर ब्याट्स वुमन्सका रुपमा सहभागी काँकरभिट्टाकी अर्की खेलाडी काजल श्रेष्ठ उत्कृष्ट ब्याट्स वुमेन घोषित भइन् । उनले ४ खेलमा १ सय ३४ रन बनाएकी थिइन् । उनले पनि २५ हजार रुपैयाँ प्राप्त गरिन् । काजल १ पटक वुमेन अफ दी म्याच समेत घोषित भईन् ।
त्यस्तै, काँकरभिट्टाबाटै सहभागी सवनम राई र रोमा थापाले समेत १÷१ पटक वुमेन अफ दी म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ तथा ट्रफि हात पार्न सफल भए ।
राष्ट्रिय टिमको कप्तानको भूमिकामा समेत रहेकी काठमाडौंकी कप्तान रुविनाले प्रतियोगिताबाट आफूहरुले धेरै कुरा सिक्न पाएको र खेलाडीहरुले सबै टिमबाट शत प्रतिशत खेल कौशल पस्किएका कारण वुमेन्स च्याम्पियन लिग भव्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिइन् ।
नेपाली महिला क्रिकेटको इतिहासमा पहिलोपटक आयोजना भएको प्रतियोगिताको पहिलो संस्करणमा आफू सर्वोत्कृष्ट खेलाडी घोषित हुन पाउनु आफ्नो लागि सौभाग्यको कुरा भएको क्षेत्रीले बताइन् । यसबाट नेपाली महिला क्रिकेटको स्तरमाथि उठ्नेमा आफू विश्वस्त रहेको समेत उनले बताईन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्स वुमेनको उपाधि जित्न सफल चितवन राईनोजकी काजल श्रेष्ठले समेत वुमेन्स च्याम्पियन लिग आयोजना भएबाट आफू अत्यन्तै खुशी भएको बताईन् । त्यस्तै, काँकरभिट्टामा रहेर विगत २ दशकभन्दा लामोसमयदेखि विशेषगरी नेपाली महिला क्रिकेटको उत्थान र प्रवद्र्धनमा लागेका क्रिकेटका झापाका प्रशिक्षक वीरु श्रेष्ठले समेत नेपालमा यसपटक आयोजना गरिएको वुमेन्स च्याम्पियन लिगबाट आफू उत्साहित भएको श्रेष्ठको भनाई छ ।
आफूले प्रशिक्षण गराएका खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै राष्ट्रियस्तरमा काँकरभिट्टाका चेलीहरुले बनाएको गरिमा र उपस्थितिले आफू अत्यन्तै खुशी भएको र आगामी दिनमा समेत यस्ता प्रतियोगिताहरुले निरन्तरता पाउनुपर्ने उनको तर्क थियो । नौ दिनसम्म चलेको प्रतियोगिताको विजेता चितवन राईनोजले नगद ७ लाख रुपैयाँ हात पा¥यो भने उपविजेता बनेको क्याट क्वीन्स काठमाण्डौंले ३ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
कुनैबेला नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा मेचीनगर–६ को एउटै वडाबाट आधा दर्जन खेलाडी सम्मिलित भएर सिङ्गो मेचीनगरको प्रतिष्ठालाई खेल क्षेत्रको माध्यमबाट माथि उठाएका खेलाडीहरुले यसपटकको वुमेन्स च्याम्पियन लिगमा देखाएको प्रदर्शनलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । आगामी दिनमा समेत नेपाली महिला क्रिकेटका लागि मेचीनगरलाई उर्वरभूमिका रुपमा चिनाउन यहाँका नवउदयी खेलाडीहरु सफल बनुन् ।janasamsadonline



