खबर

नवलपरासीमा ४ जना चढेको मोटरसाइकल रुखमा ठोक्किदा एकको मृत्यु, ३ घाइते

एउटै मोटरसाइकलमा ४ जना चढेर हुइकिदा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार कावासोतीका २२ वर्षिय कृष्ण कुमालले ४ जना राखेर चलाएको मोटरसाइकल चोरमारास्थित भित्रि सडकको रुखमा ठोक्किदा चालक कृष्ण कुमालको मृत्यु भएको हो ।

मोटरसाइक पछाडि बस्ने कावासोतीकै अमन पुन गम्भिर घाइते छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । त्यसैगरि राम परियार र धन बहादुर कुमाल घाइते भएका छन् । उनिहरुको डण्डास्थित जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दियो ।नारायणी अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button