
काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका लागि १३ सदस्य टोली घोषणा गरेको छ ।
सोमबार घोषणा टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । यसै साता देखी काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोली,चिफ मिनिस्टर ११ गरेर टि ट्वान्टी,एक दिवसिय र प्रथम श्रेणीको सिरिज खेल्ने छ ।
एमसीसीको टोलीको कप्तानी वेस्ट इन्डिजका जिमी एडम्सले गर्ने छन् । ५१ वर्षिय एडम्सले वेस्ट इन्डिजबाट ५४ टेष्ट,१ सय २७ वान डे र २ सय २ प्रथम श्रेणीको खेल खेलेका छन् । एडम्सले ९० टेष्ट इनिङमा ६ शतक र १४ अर्ध शतक सहित कुल ३ हजार २ सय १२ रन बनाएका छन् । जसमा २ सय ८ रन अविजित उत्कृष्ट प्रर्दशन रहेको छ । वान डे मा उनले २२ सय ४ रन बनाउनुको साथै ४३ विकेट लिएका छन् । पाकिस्तानबाट तीनै फर्म्याटमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका यासिर अराफात पनि टोलीमा छन् ।
त्यस्तै नेपाल भ्रमणमा आउन लागेको एमसीसीको टोलीमा इंग्ल्यान्डबाट टेष्ट खेलि सकेका टम वेस्टली पनि रहेका छन् । उनले ५ टेष्टमा १ सय ९३ रन बनाएका छन् । १ सय ७९ प्रथम श्रेणी,८८ लिष्ट ए र ७९ टि ट्वान्टी एसको अनुभव बटुलेका थिए । इंग्ल्यान्डको यू१९ र प्रथम श्रेणीबाट खेलि सकेका बिली गोडलमान,मिल्स हामन्ड,ओलीभर डल्बी,क्यालम ज्याक्सन,विल रोड्स लयातका खेलाडी रहेका छन् ।

एमसीसीको १३ सदस्य टोली :
जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।
खेल तालिका :
कात्तिक १७ : एमसीसी विरुद्ध नेपाली यू१९ (५० ओभर) टियु क्रिकेट मैदान
कात्तिक १८ : एमसीसी विरुद्ध नेपाल (५० ओभर) टियु क्रिकेट मैदान
कात्तिक २०-२२ : एमसीसी विरुद्ध नेपाल (थ्रि डे प्रथम श्रेणी) टियु क्रिकेट मैदान
कात्तिक २३ : एमसीसी विरुद्ध नेपाली यू१९ र सियिर टोली (टि ट्वान्टी) टि टियु क्रिकेट मैदान
कात्तिक २५ : एमसीसीविरुद्ध पोखरा आमन्त्रित ११ (टि ट्न्वाटी) पोखरा क्रिकेट मैदान
कात्तिक २६: एमसीसी विरुद्ध चिफ मिनिस्टर ११ ( टि ट्वान्ट) पोखरा क्रिकेट मैदान
(हाम्रो खेलकुद)



