
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिडले लेगानेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ ।
खेलको सातौं मिनेटमा युवा फरवार्ड रोड्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करीम बेन्जेमाको पासमा गोल गरे । त्यसको एक मिनेट नबित्दै बेन्जेमाकै पासमा टोनी क्रुसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २४ अौं मिनेटमा रियलले पेनाल्टी प्राप्त गरेपछि कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई ३-० ले अगाडि बढाए ।
दोस्रो हाफको ६९ अौं रियलले पुन: पेनाल्टी अवसर प्राप्त गर्यो । यसपटक बेन्जेमाले पेनाल्टीलाई गोलमा परिणत गरे । इन्ज्युरी समयमा लुका जोभिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले ड्यानी कार्भाजलको पास सदुपयोग गरेका थिए ।



