खबर

भारतमा पाँच दिनका लागी संकटकाल घोषणा

काठमाडौं ।

वायु प्रदुषणको अवस्था खतराजनक अवस्थामा पुगेपछि नयाँदिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ।

भारतको सर्वोच्च अदालतबाट अनुमतिप्राप्त एक कार्यदलले शुक्रबार दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उक्त घोषणासँगै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोभेम्बर ५ सम्म राजधानीका दिल्लीका विद्यालय बन्द हुने घोषणा गरेका छन्।

दिल्ली क्षेत्रका धेरै ठाउँमा वायुको गुणस्तर सूचक ५ सय माइक्रोग्राम प्रतिघनमिटर पुगेपछि त्यहाँ स्वास्थ्य संकटकाल घोषणा गरिएको हो।

त्यस्तै वातावरण प्रदुषण नियन्त्रण तथा नियमण प्राधिकरणले पनि ५ नोभेम्बरसम्म दिल्ली, नोएडा, गुरगाउँ र गाँजियावाद क्षेत्रमा निर्माणका काम पूर्ण रुपमा रोक्न आदेश दिएको छ।

वायुको गुणस्तर ५ सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुग्नुलाई गम्भीर अवस्था मानिन्छ।
एजेन्सी, news of nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button