मूल खबर

आमरण अनसनको चेतावनीसहित कांग्रेस मुख्यालयमा नेविसंघको धर्ना

न्युज अफ नेपाल, ललितपुर ।

कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका बेला शुक्रबार नेविसंघले सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजी र प्रदर्शन गरेको छ । नेविसंघको विधान विपरित पार्टीले ३२ वर्ष उमेर माथिको व्यक्तिलाई अध्यक्ष चयन गर्न लागेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । प्रदर्शनको नेतृत्व गरेका नवराज त्रिपाठीले नेविसंघको विधान विपरित पार्टीले निर्णय गर्न लागेकाले विरोध गरेको र बिधान कार्यान्वयन नभए आमरण अनसन बस्ने बताए ।

नेबिसंघका नेता मनिस सिम्खडाले भने‘नेविसंघका बुबा उमेरको अध्यक्ष बनाउने तयारी भएको सूचना पाएका छौं,’ उनले भने, ‘विधानअनुसार ३२ वर्ष उमेर हद भित्रको मात्र नेविसंघमा आवद्ध हुन पाउने प्रावधान छ । केन्द्रीय समितिले जारी गरेको नेविसंघको विधान पालाना हुनुपर्‍यो भन्ने हाम्रो माग हो ।’

पार्टी संस्थापनले आफु निकटलाई अध्यक्ष बनाउने आन्तरिक तयारी भएको सूचना पाएपछि विद्यार्थीले केन्द्रीय समिति बैठक बसेका बेला नारावाजी र प्रदर्शन गरेका हुन् ।

५० वर्ष पुगेका राजीव ढुंगालाई नेविसंघको सभापति बनाउन खोजेको चर्चा सुरु भएपछि त्रिपाठीसहितका विद्यार्थी नेताहरुले पार्टी सभापति शेरवहादुर देउवालाई घेरेर नाराबाजी गरेका हुन् ।

बचाउँछौं हामी नेविसंघ–विधान मिचे आमरण अनसन भन्ने मुल नारा बनाएका उनीहरुले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका देउवालाई घेर्दै विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित हुँदै औंलो ठड्याएर अपशब्द समेत प्रयोग गरेका थिए । प्रदर्शन गर्ने नेता कुन्दन काफ्ले निकट मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button