खबर

नेताकार्यकर्ता गिरफ्तार विरुद्ध देशभर प्रदर्शन, ठाउँ–ठाउँमा मसाल जुलुस र चक्काजाम

 प्रकाश डुम्रे

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय संघर्षको कार्यक्रमअनुसार देशका विभिन्न जिल्लामा गिरफ्तारी र झुठा मुद्दाको विरोधमा मसाल जुलुस, कोण सभा र चक्काजाम आयोजना गरिएको हो । सेती महाकाली, कर्णाली, राप्ती, लुम्बिनी, गण्डकी, उपत्यका लगायतपुर्वका विभिन्न ब्युरोमा विरोधका कार्यक्रम गरिएको छ । दाङबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंग, राप्तीब्युरो इन्चार्ज सुवास, राप्तीब्युरो सदस्यहरु सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जना नेताकार्यकर्तालाई पार्टीको राप्ती ब्युरो बैठकबाट गिरफ्तार गरि सरकारले अनावश्यक झुठ्ठा मुद्दा लगाइएकोप्रति समेत कार्यक्रममा कडा आपत्ति जनाउँदै उक्त मुद्दा खारेज गरि तत्काल रिहाइ गर्न माग गरिएको छ ।

उपत्यकाका ठाउँ ठाउँमा मसाल जुलुस र प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी उपत्यकाले काठमाडौ, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा जुलुससहित प्रदर्शन गरेका छन् । पार्टी केन्द्रले घोषणा गरेका संघर्षका कार्यक्रम अनुसार शुक्रबार साँझ काठमाडौंका दर्जनौं ठाउँमा मशाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तारीविरुद्ध चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो ।
नेकपा काठमाडौंले काठमाडौंका सोह्रखुट्टे गोंगबु चोकसहित दर्जन स्थानमा मशाल जुलुससहित प्रदर्शन गरेको छ । नेकपा कार्यकर्ताहरुले गिरफ्तार नेता–कार्यकर्ता रिहा गर, दलाल सरकार–मुर्दावाद, नेपाल कम्युनिस्ट पार्टी–जिन्दावाद, एकीकृत जनक्रान्ति –जिन्दावाद जस्ता नारा लगाएर सडकमा निस्केका थिए ।

साँझ भएपनि सडकमा यातायातका साधन चलिरहेका थिए । नेकपाका कार्यकर्ताले नारा लगाइरहँदा यात्रुहरुले साधन रोकेर हेरिरहेका थिए ।

बर्दियामा एक घण्टा राजमार्ग अवरुद्ध

गिरफ्तारीको विरुद्ध पुर्व घोषित कार्यक्रम अनुसार नेकपाले आइतबार देशैभरी एक घण्टा चक्काजामको कार्यक्रम घोषणा गरेको थियोे सोही कार्यक्रम अन्तर्गत देशै भरिका विभिन्न ठाउमा सडक अवरुद्ध गरेका खबरहरू प्राप्त भैरहेका छन् ।

यसैक्रममा बँर्दियाको बासगढीस्थित महेन्द्र राजमार्ग १ घण्टा अवरुद्ध भएको थियो । बँर्दिया जिल्लाको पुर्व–पश्चिम राजमार्गमा नेकपाका कार्यकर्ताले सडकभरी टायर बालेर एक घण्टा सवारी साधन आवजजावत गर्न अवरुद्ध गरेका थिए ।

शान्तिपुर्ण राजनीतिक कार्यक्रम गरिरहेको बेला आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

कपिलवस्तु र अर्घाखाँचीमा राके जुलुस

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यक्रम अनुसार आफ्ना नेताकार्यकर्तालाई विना कारण पक्राउ गरेकोे भन्दै अर्घाखाँची र कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा राकेजुलुस निकालेको छ पार्टीको केन्द्रीय नीतिअनुसार सितगंगा नगरपालिका र पाणिनी गाँउपालिका छत्रदेब गाँउपालिका मालारानी सन्धिखर्क नगरपालिका गाँउपालिका भुमिकास्थान नगरपालिका राके जुलुस निकालेको पार्टीको केन्द्रीय नीतिअनुसार असोज १७ गते १ घण्टा चक्काजामको लागि सहयोग गर्न सम्पूर्ण यातायात व्यबसायीलाई समेत अपिल गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button