खबर

सुरुङ भित्र फसेका चार जना कामदार मध्ये तीन मृत फेला

शैलेन्द्र रोकाया

बझाङ । बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने सुरुङ भित्र फसेका छन् चार जना कामदार मध्ये तीन जना मृत फेला परेका छन् ।

आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरू सुरुङ भित्र हराए पछि खाेजीका लागि काठमाडाैबाट हेलिकाेप्टर टाेली खाेजीका लागि पुगेका थियाे । तिहार लगायतका चाडका बेला काम बन्द रहेकाे साे सुरूडमा काम शुरू गर्ने तयारीका लागि भित्र गएका बेला अक्सिजन नभए पछि उहाँहरू बेहोस भएको डिएसपी गणेशबहादुर बमले बताउनुभयो ।

उहाँहरू सँगै गएका दुई जना कामदार भने फर्कन सफल भएका थिए ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button