
एजेन्सी – जर्मन क्लब आरवी लेइप्लिज र फ्रेन्च क्लब लियोनले युइएफए च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । इप्लिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई तथा लियोनले पोर्चुगिज क्लब बेन्फिकालाई पराजित गरेको हो ।
लेइप्लिजले घरेलु टोली जेनिथमाथि २–० को सहज जित निकालेको हो । लेइप्लिजको जितमा डिएगो डिमी र मार्सेल सवित्जेरले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा डिएगो डिमीको गोलबाट लेइप्लिज अघि बढेको थियो । त्यसअघि १४औं मिनेटमा मार्सेल हल्सटेनवर्गले गोल गरेपनि भिएआरको सहायताले गोलले मान्यता पाएन ।
६३औं मिनेटमा मार्सेल सवित्जेरले गोल गर्दै २–० को जित दिलाए । जितसँगै लेइप्लिज समूह ‘जी’ मा ९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित जेनिथ ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा घरेलु टोली लियोनले बेन्फिकामाथि ३–१ को जित निकालेको हो । लियोनको जितमा जोचिम एन्डरसन, मेम्फिस डिपे र बर्टरान्ड ट्राओरेले गोल गरे । बेन्फिकाका हरिस सेफरोभिकले गोल गरे । जितसँगै लियोन ७ अंक जोडेर दोस्रो स्थानमा छ । बेन्फिका ३ अंकसहित पुछारमा छ ।hamrokhelkud.com



