
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिश्रीत टोलीले मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँग आज टि ट्वान्टी क्रिकेट खेल्दैछ ।
यू१९ र सिनियर गरि नेपालको मिश्रीत टोलीले एमसीसीको सामना गर्ने छ । खेल ११ बजेबाट टियु क्रिकेट मैदानमा सुरुहुने छ । सिनियर टोलीका प्रशिक्षक उमेश पटवालको अनुसार नेपाली टोलीको कप्तानी युवा खेलाडी रोहित कुमार पौडेलले गर्ने छन् । आजको खेलमा सिनियर टोलीका ठूला नाम देखिने छैन ।
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसिय र प्रथम श्रेणीमा मैका नपाएका खेलाडीलाई मौका दिने बताएका छन् । आज ज्ञानेन्द्र सहित, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवकर लगायतका खेलाडी खेल्ने छैनन् ।
आजको खेलमा रोहितसँगै अमित श्रष्ठ, सन्दीप जोरा, अभिनास बोहोरा, कमलसिंह ऐरी, नन्दन यादव,कुशल भुर्तेल, सुसन भारी र राशिद खान लगातका खेलाडी खेल्ने छन् ।
एमसीसीको टोलीमा भने कुनै परिवर्तन हुने छैन । नेपाली सिनियर र यू१९ टोलीसँग खेलेको टोलीनै उत्रने छ । उसका ओपनर विल रोड्स, बिडी गोडलम्यान, माइल्स हामान्ड, आसिर अराफात, टम वेस्ट्ली, एलेक्स थम्पसन,ओलिभर डल्बी र एड योङको लयलाई रोक्न युवा खेलाडीलाई चुनौती हुने अनुमान गरिएको छ ।
नेपाली यू१९ टोली एमसीसीसँग ३८ रनले पराजित भएको थियो । सिनियर टोलीले एकदिवसिय खेलमा ५ विकेटले हराएको थियो । प्रथम श्रेणीमा भने नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।



