
ढाका(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतको सामाना गरिरहेको छ ।
टस हारेर ब्याटिङ थालेको नेपालले सुरुवातमै संघर्ष गरि रहेको छ । भारतीय बलर सामु रन बनाउन संघर्ष गरि रहेका छन् । नेपालले सुरुवाती ११ ओभरमा १ विकेट गुमाउँदै ३१ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ३ चौका सहित १६ र शरद भेषावकर १ चौका सहित समान ११ रनमा खेलि रहेका छन् ।
शरदले आठौं ओभरमा जीवनदान पाएका थिए । आदित्यको बलमा प्वाइन्टमा पार्थले उत्कृष्ट डाइभ दिँदै प्रयास गरेपनि शरदको क्याच छुटेको हो । शरद तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हुन् । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमै शून्यमा बोल्ड आउट भए । भारतीय एसआर दुबेले पहिलो बलमै एलबी डब्लूको अपिल गरेका थिए । दोस्रो बलमा दुबेले मल्ललाई बोल्ड आउट गरेका हुन् ।
दुबे र आदित्य ठाकारे जोडीको बलिङ सामना गर्न नेपाली ब्याट्सम्यानलाई निकै कठिन भई रहेको छ । तीव्र गतिका बलरले नेपाललाई दवावमा राखिरहेका छन् ।



