खेलकुद

सिल्भाले चेल्सीविरुद्धको खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पोर्चुुगिज मिडफिल्डर बनार्डो सिल्भालाई एक खेलको प्रतिबन्ध लागेको छ । इंग्लिस फुटबल एसोसिएसन (इएफए) ले आफ्नै टिमका सहकर्मीविरुद्ध सामाजिक संजालमा रंगभेदीय पोस्ट गरेको भन्दै सिल्भालाई एक खेलको प्रतिबन्ध लगाएको हो ।

यस्तै उनलाई ५० हजार पाउण्ड समेत जरिवाना गरिएको इएफएले जनाएको छ । यससँगै सिल्भाले प्रिमियर लिगमा २३ नोभेम्वरमा चेल्सीविरुद्ध हुने खेल गुमाउने भएको छ । पोर्चुगिज मिडफिल्डर सिल्भाले गत सेप्टेम्वर २२ मा आफ्नै टिममा सहकर्मी बेन्जामिन मेन्डीलाई स्पेन र पोर्चुगलमा लोकप्रिय चकलेट ब्राण्ड कोङगिटोससँग तुलना गर्दै रंगभेदीय ट्वीट गरेका थिए ।

सिल्भाको पोस्टपछि फुटबल एसोसियसनले छानबिन गरेको थियो । छानबिनको क्रममा उनले जातीय र रंगभेदीय नियम तोडेको र दोषी पाइएको भन्दै कारवही गरेको इएफएको विज्ञप्तिमा उल्लेख छ ।

सिल्भाको प्रतिबन्ध सँगै सिटी थप समस्यामा परेको छ । चोटका कारण एमरिक लापोर्टे, लिरोए साने र डेभिड सिल्भा टोलीमा छैनन् । चोटकै कारण जिनचेन्को र पहिलो रोजाईका गोलरक्षक इडर्सनले लिभरपुलसँगको ३–१ को हारमा टोलीमा थिएनन् ।

साविक विजेता सिटी लिभरपुलसँग ९ अंकले पछि परेको छ । १२ खेलबाट सिटी २५ अंकसहित चौथो स्थानमा छ । ३४ अंक जोडेर लिभरपुल शीर्षस्थानमा छ । समान २५ अंक रहेको लेस्टर सिटी र चेल्सी क्रमश दोस्रो र तेस्रो स्थानमा छ ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button