
डा.रितेस कुमार शाह
मधुमेह रोग (डाइविटिज) आजको समयमा मानिसलाई हुन सक्ने सबै भन्दा खतरनाक रोग मध्ये एक हो । यो एउटा नसर्ने रोग हो, जसलाई जीवन शैली रोगको समुह अन्तर्गत राखिन्छ । जीवन शैली यस अर्थमा कि हाम्रो खानपान, दैनिकी, शरिरीक वनोट आदि संग धेरैनै सम्बन्ध यस रोगले राख्दछ । मधुमेह रोग लागिसके पछि यसको रोकथामको प्रयास वेलैमा नहुदाँ यसले मानिसलाई दिर्घकालिन क्षती पु¥यउन सक्छ । मानिसमा मधुमेहले पार्ने क्षती मध्ये एउटा प्रमुख आँखाको क्षती हो । भर्खरै हाम्रो देश नेपालमा भएको एउटा अध्ययनले के देखाउछ भने करिव ५२% जति मानिसहरु जसलाई विगत १० वर्ष देखि मधुमेह रोग लागेको छ, उनिहरुमा मधुमेह रोग र यसले आँखामा पु¥याउन सक्ने क्षतीको बारे जानकारी वा ज्ञान छैन । यस अर्थमा के भन्न सकिन्छ भने मधुमेह रोग द्धारा हुन सक्नेआँखाको क्षती बारे व्यापक रुपमा प्रचार प्रसार तथा जानकारी गराउनु आवश्यक छ ।
आँखाको समस्या सामान्य तया सबैलाई हुने भएता पनि मधुमेह भएको व्यक्तिलाई यसको सम्भावना सामान्य मानिसमा भन्दा धेरै बढी हुन्छ । अझ विशेष गरि पाँच देखि १० वर्ष या सो भन्दा बढी समय देखि मधुमेह भएको खण्डमा यसको सम्भावनाहरु अझ दोब्बर भएर जान्छ । यद्यपि मधुमेह भएका सम्पूर्णलाई आँखाको विरामी हुन्छ भन्ने चाहि होइन तर १०० मा ८० जनालाई भने यसले प्रत्यक्ष असर पु¥याउँदछ । रोगको अवधी वढदै जाँदा यसले आँखामा पर्न सक्ने प्रभाब पनि बढदै जान्छ ।
मधुमेह रोगले आँखामा पु¥याउन सक्ने प्रमुख असरहरु
१) डाइविटिक रेटिनोपेथी (आँखाको पर्दाको खराबी)
२) मोतीविन्दु
३) जलविन्दु
जस मध्ये यस लेखमा विशेष गरि सबै भन्दा प्रमुख असर डाइविटिक रेटिनोपेथी बारे छलफल गरिएको छ ।
डाइविटिक रेटिनोपेथी (आँखाको पर्दाको खराबी)ः–
डाइविटिक रेटिनोपेथी एउटा यस्तो रोग हो जसले आँखाको पर्दामा भएका रक्तनलीहरुमा रक्तसँचार बन्द गर्छ अथवा चुवाहट गर्छ, जसले गर्दा पर्दालाई चाहिने आवश्यक पोषण या अक्सिजन प्राप्त हुदैन साथै पर्दामा रगतको छिटा या वोसो युक्त पदार्थ जम्मा भइ पर्दा सुनिन्छ । यसको कारण पर्दामा रहेको दृष्टि सम्वन्धी सुचना दिमाग सम्म पुग्दैन र न्युन दृष्टी या अन्धोपनका शिकार हुनु सक्छ । डाइविटिक रेटिनोपेथी ले काम गर्ने समुहका २०–७० वर्षका व्यक्तिहरुलाई सर्बाधिक असर गरेको पाइन्छ । आजको मितिमा संसरभर ७.७ करोड व्यक्तिहरुमाडाइविटिक रेटिनोपेथी भएको आंकलन गरिएको छ भने सन् २०३० सम्म ११ करोड भन्दा बढी मानिसहरुमा यो रोग हुने सम्भवना रहेको छ।
डाइविटिक रेटिनोपेथी का लक्षणहरुः–
डाइविटिक रेटिनोपेथी को सबैभन्दा ठूलो विडम्वना भने कै यसको सुुरुबाती अवस्था कुनै ठोस लक्षण देखा नपर्नु हो । कसै कसैमा सामन्यतय दृष्टी घट््दै जाने र धमिलो देखिन थाल्ने हुन्छ, भने कसै कसैमा रक्तश्रावको कारण वाट अचानक अन्धोपन नभए सम्म दृष्टी समान्य नै रहन्छ ।
तल उल्लेखित केही अवस्थालाई यसका संकेतको रुपमा लिन सकिन्छ ।
– आँखामा कालो थोप्ला या धर्सा तैरीरहेको महसुस हुनु
– दृष्टी धमिलो हुनु
– न्युन दृष्टी हुनु
– रंग छुट्याउन सक्ने क्षमता घट्नु
डाइविटिक रेटिनोपेथी बाट वच्ने उपायहरुः–
– डाइवेटिजको नियमीत औषधी सेवन गरी त्यसलाई नियन्त्रण गर्ने
– शरिरीक तौललाई नियन्त्रण गर्ने
– दैनिक व्यायाम गनर्,े ध्रुर्मपान र मद्यपान नगर्ने
– रक्त चाप, सुगर तथा कोलेष्ट्रोल लेवलको नियमित जाँच गर्ने
– दृष्टीमा समस्या भएको महसूस भए तुरुन्तै आँखा जाँच गर्ने
– नियमित रुपमा ६–६ महिनमा आँखाको परिक्षण गराउने
– आँखा जाच गर्दा आँखा डाक्टर को मा नै गएर देखाउने ।
डाइविटिक रेटिनोपेथीका उपचार पद्घती
1. Laser Photocoagulation रेटिनामा दिइने विकिरण
लेजर किरणवाट रक्तश्राव जमाउने, जस्लाइ Laser Photocoagulation भनिन्छ ।
2. Intravitreal Injection आँखा भित्र दिईने ईन्जेक्सन जसले पर्दामा सुुनिएको घटाँउछ
3. Vitrectomy दृष्टी पर्दा फाटेको अवस्था
यो सबै सुबिधाहरु हाम्रो मेची नेत्रालय (आँखा अस्पताल) मा उपलब्ध भएको जानकारी गराउदछौ ।
लेखक मेची नेत्रालयमा कार्यरत हुनुहुन्छ ।janasamsad



