खबरमूल खबर

पैरवी पत्रकारीता पुरस्कारद्वारा सिन्धुपाल्चोकका पत्रकार मिजार सम्मानित  

काठमाडौं – मिडिया एडभोकेसी फोरम नेपालले यस बर्षको पैरवी पत्रकारीता पुरस्कार २०१९ बाट सिन्धुपाल्चोकमा पत्रकारीता गर्दै आएका पत्रकार चित्रकुमार मिजारलाई प्रदान गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य माननीय मोहना  अन्सारीले पत्रकार मिजारलाई दश हजार राशी सहित उक्त पुरस्कारबाट शुक्रवार सम्मान गरिएकाे हाे । हरेक वर्ष दलित, पछाडी परेको बर्ग र सिमान्तकृत समुदायका लागि पत्रकारीता क्षेत्रवाट योगदान गरेका पत्रकारलाई यो पुरस्कारवाट सम्मानित गर्दै आएका छ ।

२०६० सालदेखि पत्रकारीतामा सक्रिय रहेका मिजार खोजमुलक र पीडितको आवाजको रुपमा भुमिका निभाएको भन्दै फोरमले यो वर्ष मिजारलाई खोजमुलक र पीडितको आवाजको रुपमा भुमिका निभाएको भन्दै फोरमले उक्त सम्मान गरेको हो । मोफसलमा पत्रकारीता गर्दै आएका मिजार गोरखापत्र दैनिकका संवाददाता हुन् भने सिन्धुपाल्चोकबाट प्रकाशित हुने पत्रिका सिन्धु बुलन्द साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button