
काठमाडौं (हाम्रो खेलकुद)– पछि परेको खेल उल्टाउँदै नेपाल पुलिस क्लब चन्द्रागिरी चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन स्तरीय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगको छ ।
काठमाडौंको पुरानो नैकाप फुटबल मैदानमा सोमबार अर्को ए डिभिजन क्लब जाउलाखेल युथ क्लबसँग १–० ले पछि परेको खेल २–१ ले जित्दै पुलिस प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । पुलिसले अब आइतबार ए डिभिजन लिगको अर्को प्रतिद्वन्द्वि क्लब च्यासल युवा क्लबको सामना गर्नेछ ।

आडामाको गोलबाट खेलको चौथो मिनेटमा जवफाले अग्रता बनाएको थियो । पहिलो हाफमा पुलिस १–० ले पछाडि थियो । दोस्रो हाफ सुरु भएको ८ मिनेटमा भोला सिलवालले बराबरी गोल फर्काए । ७५ औं मिनेटमा प्रवेश दनुवारले गरेको गोल खेलको निर्णयक बन्यो ।
दीपशिखा युवा क्लबले आयोजना गरेको प्रतियोगितामा मंगलबार सिएमजी क्लब संकटा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।विजेताले ६ लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
झन्डै ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् । प्रतिायेगिताको पहिलो संस्कण हिमालयन शेर्पा क्ल्ब र दोस्रो संस्करण च्यासल युथ क्लबले जितेको थियो ।



