खबर

भारतीय प्रम मोदीको सय करोड ओझेलमा

गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक रुपमा विकासका लागि १०० करोड भारतीय रुपैयाँ अनुदानको घोषणा गरे ।

तर, विभिन्न निकायबीच समन्वय नहुँदा घोषणा भएको डेढ वर्ष बितिसक्दा पनि उक्त सहयोग जनकपुर आउन सकेको छैन । प्रदेश २ सरकारका अधिकारीहरु भारतीय पक्ष उक्त रकम दिन तत्पर रहे पनि संघीय सरकारले यसबारे चासो नदिँदा रकम ओझेलमा परेको बताउँछन्।

‘अन्तर्राष्ट्रिय सहयोग अथवा अनुदान सीधैं प्रदेश सरकारले पाउँदैन । केन्द्रीय सरकारमार्फत् आउँछ,’ आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले भने, हामीले सर्वपक्षीय र सर्वदलीय छलफल गरी दुईओटा योजना छनोट गरेर संघीय सरकारलाई पठाइसकेका छौं तर संघीय सरकारले चासो दिएन ।’  आर्थिक अभियानमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button