
मेचीनगर । जसका गीतले निराशालाई आशामा , थाकेकालाई जुर्मुराउन, हारेकालाई जित्न अनि बिर्सीसकेकाहरुलाई आफ्नो परिवेशमा घोत्लन उत्प्रेरित गर्दथ्यो । उनका गीतहरु फगत सुन्नका लागि थिएनन् , उनका गीतहरु कुनै अल्लारेहरुको उल्लासका लागि थिएनन् उनका गीतमा चेतना र विद्रोह हुन्थ्यो मान्छेले माथि गरेको शोषणको घोर निन्दा र भत्सर्ना हुन्थ्यो अर्थात उनी जनताका कलाकार राजन राईका गीतमा शोषित, पिडित र श्रमजिवी जनताको भोगाईका कथा हुन्थ्यो । चौतारी पोष्ट अनलाइन डट कमले उनै जनकलाकार राजन राईको सम्मान र उनका गीतको स्मरण गर्दै आजको कला स्तम्भमा राजनराईले स्वर भर्नु भएका केही चर्चीत गीत राख्ने प्रयास गरेको छ ।



