विचार

प्रचण्ड जोक होइन, परिवर्तनका धक्का पनि हुन्


जी एन शर्मा
नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का एक अध्यक्ष प्रचण्ड अर्थात पुष्पकमल दाहाल नेपाली राजनीतिमा मात्र होइन दुनियाँमा चिनिएको एउटा राजनीतिक नाम हो । झण्डैझण्डै जगतबाटै कम्युनिष्टहरु ओइल्याँदै गएको अवस्थामा नेपालमा सशस्त्र जनयुद्धको उद्घोष गरेर दश वर्ष सम्म निरन्तर सत्तासँग सिधा टक्कर गर्नु चानचुने गफ होइन । नेपालमा माओवादीले जनयुद्धको घोषणा भइरहदा मान्छेका अनेक थरिका तर्क सुन्न पाईन्थ्यो । खास गरेर आफुलाई कम्युनिष्ट भन्ने पार्टीहरु र बाम बुद्धिजिवी भन्दा गजक्क पर्नेहरुनै माओवादी विद्रोहको उछितो काढ्नेमा एक नम्वरमा थिए ।
नेपालको माओवादी विद्रोह धेरैका लागि हतारमा गरिएको जस्तो लाग्न सक्छ तर नेपालको कम्युनिष्ट आन्दोलनमा माले र एमाले बाहेकको अर्को सशक्त धार मसाल, एकता केन्द्र र चौथो महाधिवेशनको ईतिहाँसलाई यदि कसैले पढ्दैन भने त्यो कम्युनिष्ट आन्दोलन र विद्रोहको ईतिहाँसको थोरै मात्र जानकारी हुन्छ । तत्कालिन एकता केन्द्रमा देखिएको जनयुद्धको तयारी जाने र अहिले अलिक हतार हुन्छ कि भन्ने मतका आधारमा निर्मल लामाहरुबाट छुटेर प्रचण्डहरुले विद्रोहको घोषणा गरेका थिए र आजका दिनमा मात्र होइन ईतिहाँसको त्यो कालखण्ड सम्म पनि त्यो बेला गरेको विद्रोहको घोषणा प्रतिगामी र पेटी बुर्जुवा बाहेक सबैले उचितमात्र होइन न्यायोचित र सहि थियो भन्नेछन् । हो, जनयुद्धका क्रममा नहुने काम पनि भए, जति भए सबै राम्रा भएनन् त्यो कुरा जनयुद्ध सुप्रिमो आजका प्रचण्डले पनि मनन गर्नु पर्छ । तर, जनयुद्ध ठिक समयमा भएको वास्तविक मुक्ति र चेतनाको विद्रोहनै थियो । हो, युद्ध युगौँ सम्म रहने चिज होइन ठिक समयमा आफु अनुकुलमा यसको ब्यवस्थापन पनि हुनु पर्छ । जितका उपलब्धिलाई रक्षा गर्दै अग्रगामी मार्गको प्रशस्त गर्नुनै युद्धका कमाण्डरको जिम्मेबारी हो यो हकमा पनि प्रचण्डले विवेक पु¥याएरै काम गरेका हुन् ।
ब्यक्तिगत रुपमा म आजका प्रचण्डसँग र हिजोका प्रचण्डसँग पनि मेरो चिनजान छैन । तर, नेपालको राजनीतिक खास गरेर परिवर्तनको समरमा प्रचण्ड त्यो साहस बोकेको नेता हो मेरो बुझाई र अन्तरमनमा अहिले सम्म हिम्मत, साहास र नेपालको प्रतिकृयाबादी सत्तालाई धक्का दिन तागत राख्ने नेता कोही हो भने त्यो प्रचण्डनै हो भन्न मैले कसले के भन्लाकी भनेर लजाउनु पर्दैन ।
नेपालमा धेरै कम्युनिष्ट पार्टी र त्यसलाई हाँक्ने धेरै नेता पनि देखिएका । सबैका दस्तावेजमा का्रन्ति, विद्रोह, समानताका खिरिला र रसिला शब्द पढ्दा भेटिन्छ तर ती फगत पढन् र तर्क गर्नका लागि गफाडिका मिठासे गफ बाहेक केही पनि कामका थिएनन् । तर, दुनियाँबाटै कम्युनिष्टहरु लघारिएको र धपाईदै गरेको अवस्थामा माओवादीले जनसेना तयार पारेर युद्धमोर्चा उभिन आँट मात्र गरेन कि अन्तत सत्ता ढाल्ने हुँकारका साथ प्रतिकृयावादीहरुको मैदानमा परेड खेल्न सफल हुन भनेको दिल्लगी होइन । प्रकाशन र पुस्तकमा मात्र का्रन्तिकारीताको अलाप गर्ने एक थरि कम्युनिष्ट, जनयुद्धलाई आतंक देख्ने देशीबिदेशी प्रतिकृयावादीहरुको चेपुवामा जनमुक्ति सेनाको ब्यारेक बनाउन तागत राख्ने प्रचण्ड बाहेक अरु कसैले माओवादीको नेतृत्व गरेको थियो भने त्यो पनि भाषण, किताब र प्रकाशनमै ओहोरदोहोर गर्ने थियो ।तर, प्रचण्डमा भएको नेतृत्वको कौशलता र साहासनै उनी प्रचण्ड बन्ने परिचय हो । हो, हामी सबैले आज पनि भोगेका र देखकाछौँ नेपालमा कम्युनिष्टको सरकारछ स्वयम् उनै प्रचण्ड एक अध्यक्ष बनेको पार्टीले सरकार चलाएकोछ तर जनताले हिजाका दिनमा जे आशा गरेका थिए त्यो भएन यो आशा भनेको अरुबाट होइन पनि जनताको आशाको आँखा माओवादी पार्टी र प्रचण्डमा थियो आज जनअपेक्षा अनुसार काम नभएको देख्दा जनताको गुनासो प्रचण्डसँगै छ । प्रचण्ड कतिपयका नजर र विचारमा के के होलान तर आज पनि यो देशमा हिम्मत,साहास र जनताप्रति जिम्मेवारीबोध मनदेखि गर्ने नेता फेरि पनि उनै प्रचण्डनै हुन् र केही गर्छन् भने प्रचण्डलेनै गर्छन् । प्रचण्डसँग अन्य नेताको जिम्मेवारी भन्दा धेरै जिम्मेवारी छ उनले विगतको दश वर्षे जनयुद्धमा सामेल भएका आफ्ना कमरेडहरु देखि युद्धताका जनसेना बसेर मोर्चा गरेका गाउँ र घरहरुले आशा गरेका धेरै सपना पुरा समेत उनले गर्नु पर्नेछ । हिजाका युद्धताका भएका तितामिठा घट्नाहरुलाई समेत सम्याएर लैजानु पर्ने भावनात्मक जिम्मेवारी समेत उनले बहन गर्नु पर्नेछ । तर, आज प्रचण्डका बारेमा बिभिन्न खाले टिकाटिप्पणी पनि भएको सुनिन्छ । उनका बारेमा प्रचण्ड यस्तो हो र उस्तो हो , दुनयाँलाई थाहा छ कि आफ्नो निजि जिवनलाई आराम साथ बिताउनकै लागि थियो भने प्रचण्डले सामान्य कम्युनिष्टको सदस्य भएर बस्दा पनि हुने थिएन होला र ? उनले किन नेपालमा कसैले नगरेको जनयुद्ध गर्ने तह सम्मको राजनीतिक साहास, समपर्ण र त्यागको बाटोलाई समात्नु पथ्र्यो र ! नेतानै हुनु थियो भने पनि अरु पार्टी भनौ या कम्युनिष्टकै अरु जस्तै पार्टी खोलेर खुल्ला राजनीति गर्दा पनि उनी कमजोर हुन्थे होलान् ? यो पाटोमा कसैले खासै ध्यान दिएको पाइदैन र एकोहोरो आज प्रचण्डलाई यो र त्यो भनेर आरोप लगाउनेहरुले उनको नेपालको राजनीतिमा गरेको साहासपूर्ण निणर्य र राजनीतिक समपर्णताका बारेमा पनि उनको ईतिहाँस हेरेर मनन गर्दा पनि त हुन्छ होला नि !
एउटा सत्यको पनि यहाँ चर्चा गर्नु पर्छ , माओवादी जनयुद्धका समयमा माओवादी पार्टीले मुलभूत रुपमा उठाएका मुद्दाहरु आज पनि ओझेलमा परेकाछन् । आज पनि नेपालमा ठालु महाजनहरुको उस्तै हालीमुहाली चलेकोछ र निमुखो नुन खानबाट समेम टाढा परेकोछ ।यसको मतलब गाँस, बास,कपास र विभेद पक्षमा कुनै हलचलको परिवर्तन छैन यो हिसाबमा कतिपय कुराले प्रचण्डलाई पनि प्रश्न उठ्नु स्वभाविक हो । उनले जसका लागि आफ्नो सम्पूर्ण जिवन लगानी गरे त्यही वर्ग आज जस्ताको तस्तै हुनु र नेपालको शासकिय स्वरुपमा कुनै महशुष हुने गरीको परिवर्तन नहुनुले पनि प्रचण्डलाई बिभिन्न सत्तोसराप गर्नेहरुले गफ चुट्ने आम जनमानसमा प्रचण्डका बारेमा भ्रामक र कपोकल्पीत कुरा कर्थुन अवसर पाएकाछन् यो विषयमा प्रचण्ड स्वयम्ले मनन गर्नु पर्छ । यो गर्छु र त्यो गर्छु भनेर घरभित्र मात्रै ताउरमाउर गर्ने नेपालका कम्युनिष्टहरुको बीचबाट विद्रोहको शंखघोष गरेर कम्युनिष्ट सकिए भनेर सपना देखिरहेका हरुलाई नेपाली माटोमा जन सेना निमार्ण गरेर विद्रोहको नेतृत्व लिने नेता शायदै प्रचण्ड बाहेक अहिले अरु कोही आउला जस्तो मलाई लाग्दैन र उनी नेपालको परिवर्तनको आन्दोलनका मात्र नभएर बिश्व ईतिहाँसमै नेपालमा विद्रोहको हुँकार गर्ने मात्र होइन गरेर देखाउने नेता हुन् । तर, आज उनै प्रचण्डको पार्टी सरकारमा छ, उनै प्रचण्ड त्यो पार्टीका एक अध्यक्ष हुन् तर जनताले यो सरकारले कस्तो पाराको कम्युनिष्ट सरकार भनेर बुझ्ने ? यो हुदा माात्रै भुडि भर्ने जनता भनौँ या नागरिकले फेरि पनि प्रचण्डलाईनै प्रश्न गरेकाछन् । वास्तवमा सत्ता वा ब्यवस्थाको परिवर्तन पुराण लगाएर आउँदैन विद्रोह एक प्रकारको वेदना पनि हो । युद्धले कहिलेकाही निर्मम बिगतलाई पनि बोकेर हिडेका हुन्छ तर समयमा यसको उचित ब्यबस्थापन र मर्मलाई आत्मसात गर्न सक्नु पर्छ । मलाई लाग्छ प्रचण्ड स्वयम्लाई पनि आफ्नो पार्टी नेतृत्वको सरकारको चालमाल देखेर पक्कै पनि चित्त बुझेको छ जस्तो लाग्दैन किनपनि भने उनको राजनीतिक यात्रा, ईतिहास र लक्ष्य वास्तवमै त्यो वर्गको उथ्थानका लागि थियो र उनको समपर्णता पनि उनै शोषित र निमुखाहरुका लागि थियो तर आज त्यसो हुन सकेको छैन । कतिपय मानिसले प्रचण्डलाई अलिक भद्दा शैलीका आरोप र उनको पारिवारिक जिवनलाई जोडेर अफबाफ पनि फैल्याउने गरेका पनि यदाकदा सुन्न पाईन्छ तर के प्रचण्ड त्यती बालशुलभ राजनीति खेलाडी हुन् र ? के प्रचण्डलाई थाहा छैन कि मैले गर्न हुने र नहुने भन्ने?
यहाँ एउटा सत्य प्रकट गर्नु आबाश्यक पनि छ, भलै मैले प्रचण्डका बारेमा यसो भनिरहदा कतिपयलाई लाग्ला कि प्रचण्डलाई महान्का पगरि लगाईदिए जस्तो ।तर, म जस्तो एउटा निर्धाले प्रचण्डलाई केही भन्नु र नभन्नुको खास अर्थ रहला जस्तो मलाई लाग्दैन । तर, सत्य के हो भने प्रचण्ड एउटा नेपाली राजनीतिक ईतिहाँसको त्यो मान्छे हो जसले विश्वसाम्राज्यवादलाई समेत धक्का दिने दक्षिण एसियाको एउटा सानो देश नेपालमा सफल जनयुद्धको सफल नेतृत्व ग¥यो र दुनियाँका प्रतिकृयाबादी र पूजिबादी सत्तालाई हामी कम्युनिष्ट हारेका छैनौँ र जितिरहन्छौँ भन्ने सपना जस्तो सन्देश दियो । यसकारण पनि प्रचण्ड भ्रम फिजाएर प्रचण्डलाई खुल्याउनेहरुले संझे हुन्छ कि प्रचण्ड जोक होइन कि नेपालको ईतिहाँसमा ईतिहाँस स्वयम्ले ईतिहाँसनै लेख्नका लागि जन्माएको जनयुद्धको नायक पनि हो ।
दश वर्षे जनयुद्ध कतिपयका लागि अहिले पनि बल्झीरहने घाउ होला, कतिपयलाई यो विषय सुन्ने नपरेपनि हुन्थ्यो जस्तो लाग्न सक्छ र कतिलाई यो एउटा उन्मुक्तिको शिखर चड्दाको क्षण जस्तो पनि हुन सक्छ । यो विषयलाई पनि हामीले यसको मार्मिकता र भावनामा ठेस नलाग्ने गरि हल गर्नै पर्छ । र, यसलाई ऐतिहाँसिक परिवर्तनको मुख्य कडिका रुपमा बुझ्ने प्रयत्न गर्नु पर्छ । तर, यो यावत समस्याको समाधान फेरि पनि प्रचण्डकै अग्रसरतामा हुन जरुरी छ किनकी यसको मर्मलाई अन्तरहदयबाट उनैले मात्र संझन सक्छन् । प्रचण्ड आफै प्रचण्ड बन्न सकेका होइनन् उनको विद्रोहको कुसल कार्यनीति र रणनीतिक कौशलताले आज पुष्पकमल प्रचण्डले चिनिएका हुन् ।
मलाई त लाग्छ परिवर्तन पछि बनेको नेपालको पहिलो बहुमतको सरकारको चालबाट शायद प्रचण्ड पनि खुशी होलान् । यति ठूलो राजनीतिक परिवर्तनपछि बन्ने कम्युनिष्टको सरकारबाट आम नागरिक र खासगरि निमुखाहरुले पाउने परिवर्तनको महशुष र आभाषबाट त्यही सर्वहाराको नेतृत्व गरेर आज यो स्थान हासिल गरेका प्रचण्ड पक्कै पनि गद्गद् छैनन् नै । हो, हिजो प्रचण्ड पनि प्रधानमन्त्री नबनेका होइनन् तर हिजा र आजको परिस्थिति नितान्त फरक छ । तर , आजको धेरै अनुकूल अवस्थामा पनि बहुसंख्य्क जनताका सपना त्यसै बैराग्यमा रुपान्तरण हुदै जानुका पछाडि वास्तविकतालाई प्रचण्डले पनि मिहिन रुपमा अब केलाउन आबाश्यक छ, फेरि पनि विश्वसाम्राज्यवादलाईनै धावा बोल्न सक्ने उनी प्रतिको आशा मरेकोछैन । प्रचण्ड तिमीमा भरोसा राख्ने जनतालाई अब तिमीले पनि प्रचण्ड बनेर उत्तर दिनु पर्छ किनकी तिमी जोक होइनौँ , प्रचण्ड साच्चै प्रचण्ड हौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button