खेलकुद

बेलवारीमा ७ देशका ६ सय बढी कराते खेलाडीको महामेला

बेलवारी । मोरङको बेलवारीमा शनिबार नोबेल अन्तराष्ट्रिय कराते प्रतियोगिता २०१९ को उदघाटन भएको छ । प्रतियोगितामा ७ देशका ६ सय बढी खेलाडीहरु सहभागी भएका छन । बेलवारी सितोरियो कराते संघको आयोजनामा भएको कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका छन । केक काटेर कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन । उनले खेलकुद क्षेत्रका लागी मात्र ४२ करोड रकम बिनियोजन गरिएको बताए । समृद्ध र सुखी नेपालका लागी खेल क्षेत्र अत्याबश्यक भएको र खेलकुदका क्षेत्रबाट ब्यत्ति,घर,समाज र सिंगो देश समृद्ध हुने भन्दै खेल क्षेत्रको बिकासमा सबैले ध्यान दिनुपर्ने उनले बताए ।

बेलबारीमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु गौरवको बिषय भएको भन्दै प्रतियोगिताका लागी हरेक किसिमको सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको समेत उनले बताए । बेलवारी–१ मा रहेको नेपाल बुद्धिष्ट जारी प्रतियोगितामा पुरुषतर्फ कुमितेमा ३० गोल्डमेडल, ३० सिल्भरमेडल र ६० ब्रोन्जमेडलको लागि २५ देखी ६७ केजी सम्मका खेलाडी भिड्ने छन् भने महिला तर्फ २७ गोल्डमेडल, २७ सिल्भरमेडल र ५४ ब्रोन्जमेडलको लागि २५ देखी प्लस ६१ केजी सम्मका खेलहरु भईरहेका छन ।

कातामा महिलातर्फ ८ गोल्डमेडल, ८ सिल्भरमेडल र १६ ब्रोन्जमेडलको लागि प्रतिस्पर्धा हुने छ भने सिनियर र जुनियर पुरुषतर्फ ८ गोल्डमेडल, ८ सिल्भरमेडल र १६ ब्रोन्जमेडलको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले नगद पुरस्कार रु.१ एक लाख, दोस्राले रु.७५ हजार र तेस्रोले रु.५० हजार प्राप्त गर्नेछन ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, मलेसिया र बङ्लादेश गरी ७ देशको सहभागिता रहेको छ भने खेलमा छ सय बढी खेलाडीहरूको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सञ्जय सुवेदीले जानकारी दिएका छन । बेलबारीको पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यको साथ बेलबारीमा प्रतियोगिता आयोजना गरिएको संघका सदस्य सचिव कुन्ती गुरुङले बताईन । उदघाटन कार्यक्रम बेलवारी सितोरियो कराते संघका अध्यक्ष सञ्जय सुवेदीको सभापतित्व जेबि थुलुङको सञ्चालन र कुन्ती गुरुङको स्वागत मनतब्य रहेको थियो । कार्यक्रममा खेलकुदका माध्यायमबाट बेलबारीलाई चिनाउने बिभिन्न ब्यत्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।purbelinews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button