खबर

उपभोक्तामाथि खेलबाड गर्दै खाद्य कम्पनीः कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ ।

सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । खाद्य कम्पनीको गोदाममा कुहिएको चामलको तस्बिरसहितको समाचार राजधानीमा आउँदा समेत कम्पनी भने ढाकछोपमै लागेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौँ मूल्यका चामल कुहिएको हो । राजधानी दैनिक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button