
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेड र म्यानचेस्टर युनाइटेडको खेल रोमाञ्चक बराबरीमा टुंगिएको छ । खेलमा पछि परेर पनि जिततर्फ उन्मुख युनाइटेडले सेफिल्डसँग ३–३ गोलको बराबरी खल्दै अंक बाँडेको हो ।
सेफिल्डका जोन फ्लेक, ल्यास मोउसेट र ओलिभर म्याकब्रुनीले गोल गरे । युनाइटेडका ब्रान्डन विलियम्स, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे । पहिलो हाफमा १ र दोस्रो हाफमा ५ गोल सम्भव भएको थियो ।

ब्रामन लेन सेफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको १९औं मिनेटमा जोन फ्लेकको गोलबाट शुरुवाती अग्रता बनाएको थियो । ५२औं मिनेटमा ल्यास मोउसेटले गोल गरेपछि घरेलु टोलीले खेलमा २–० को अग्रता बनाएको थियो ।
त्यसपछि युनाइटेडले ८ मिनेटको दौरानमा ३ गोल गर्दै खेलमा ३–२ को अग्रता लिदै जितर्फ अग्रसर बनेको थियो । ७२औं मिनेटमा ब्रान्डन विलियम्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत दिएका थिए ।
७७औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७९औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि युनाइटेडले खेलमा ३–२ को अग्रता लियो । तर, ९०औं मिनेटमा ओलिभरले गोल गर्दै युनाइटेडसँग अंक खोस्न सफल भयो ।
बराबरीसँगै सेफिल्ड १३ खेलबाट १८ अंक जोडेर छैटौ स्थानमा रहेको छ । युनाइटेड १७ अंकसहित नवौं स्थानमा छ ।hamrokhelkud



