खबर

एकदिने प्रशिक्षण सम्पन्न

होमराज राई

झापा÷गिदोन अन्तर्राष्ट्रिय संस्थाका बिर्तामोडको आयोजनामा एक दिने
प्रशिक्षण सम्पन्न भएको छ । एउटै आत्मा,एउटै बिचार र एउटै दर्शन मुख्य थीम
रहेका गिदियोन अन्तर्राष्ट्रिय संस्थाले २ तिमोथी ४ः२–५ अनुसार “तिम्रो
सेवाको काम पुरा गर,” भन्ने उद्देश्य लिएर नेपालमा रहेको क्याम्पहरु प्रवलरुपमा
बृढि र सक्रिय बनाउँदै आइरहेको छ ।
झापाको बिर्तामोडको हेवन होटलमा भएको एकदिने प्रशिक्षणमा १९ जनाभन्दा
बढी प्रशिक्षार्थीहरुको सहभागितामा जनकपुर, बिराटनगर, धरान, काँकरभिट्टा र
बिर्तामोडको रहेको थियो भने काठमाडौंका बुद्धिरत्न बज्राचार्य, सागर थापा
र राजु नेपाली प्रशिक्षकहरु हुनुहुन्थ्यो ।
बज्राचार्यले,–जुन काम परमेश्वरले हामीलाई दिनु भएको छ, त्यो हामीले पुरा
गर्नुपर्ने समय आाएकोले २ तिमोथी ४ः २ अनुसार समय वा बेसमयमा पनि तत्पर
रहेर काम गर्नुपर्ने बताउनुभयो । थापले,–एउटै आत्मा, एउटै विचार र एउटै
दर्शन लिएर अब फिलिपी १ः२७ अनुसार सुसमाचारको बिश्वासको निम्ति संगसगै
मिलेर परिश्रम गर्नुपर्ने भएकाले आफ्नो उत्तरदायीत्व बुझेर सक्षम बक्ता बनाउदै
गएको प्रशिक्षणकै क्रममा बताउनुभयो । प्रशिक्षक थापाको अनुसार अहिलेनेपालमा ७२ वटा क्याम्प रहेको छ भने २०१९ मा २ लाख बाइबल बितरण गरियो ।
बिश्वभरी २०१९ मा ९ करोड बाइबल बितरण गरियो भने अब २०२० मा नेपालमा
लाख बाइबल बितरण गर्ने उद्देश्य रहेको बताउनुभयो । त्यसैगरी राजु नेपालीले
इक्याम्प भनेको के हो ? र कसरी आफ्नो मासिक रिपोर्टहरु पठाउने भन्ने
बारेमा सिकाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button