खबर

१६ जिल्लामा चर्चको ७२ करोडको लगानी

चौतारी पोष्ट अनलाइन डट कम

डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको १२२ औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास निर्माणमा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्रीको उत्पादन र उपभोग गर्ने तथा बढाउनेसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

परियोजनाको अवधि २४ डिसेम्बर २०२० सम्म तोकिएको छ । परियोजना काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, लमजुङ, गोरखा, तनहुँमा कार्यान्वयन हुनेछ ।

यस्तै, कास्की, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, चितवन, नवलपराउसी, पाल्पा र गुल्मीमा परियोजना कार्यान्वयन हुने प्राधिकरणको निर्णयमा उल्लेख छ ।  राजधानी दैनिकमा  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button