खेलकुद

जापानी खेलाडी चम्कँदा आर्सनल घरेलु मैदानमा पराजित

एजेन्सी – जापानी मिडफिल्डर दाइची कामादाको उत्कृष्ट प्रदर्शनसँगै इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टसँग घरेलु मैदानमा स्तब्ध बनेको छ । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको हो ।

इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन दाइची कामदाले दुई गोल गरे । आसर्नलका पिएरे इमरिक औवामियाङले गरेको गोल सान्तवना बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा औवामियाङले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा आर्सनलले त्यो अग्रतालाई जोगाउन सकेन ।

५५औं मिनेटमा कामदाले पहिलो गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ड्यानी दा कोस्टाको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा कामदाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफर्टलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल घरमै २–१ ले स्तब्ध बन्न पुग्यो ।

हारसँगै आर्सनल समूह ‘एफ’ मा ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत छ । फ्रान्कफर्ट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
यही समूहको अर्काे खेलमा भिटोरिया डि गुइमारेइस र स्टान्डर्ड लिएजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छन् । स्टान्डर्ड लिएजको ७ तथा गुइमारेइसको २ अंक छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button