
मेचीनगर । गतिशिलताका लागि निरन्तर अध्ययन भन्ने उद्देश्यका साथ झण्डै एक दशकदेखि पठन संस्कृतिको अभियानमा लागेका सौरभ मैनाली मेचीनगरका एक बौद्धिक चेतका युवा मानिन्छन् । किशोर अवस्थादेखिनै समाजका पाटाहरुलाई नियाल्न थालेका मैनाली अहिले रिडर्स झापाका सचिव समेत हुन् । अध्ययनसँगै आलोचनात्मक चेतको बिकासलाई अध्ययनको पाटो बनाएका उनै मैनालीसँग चौतारी पोष्ट अनलाइनले आफ्नो नियमित स्तभ्म कुराकानी र भिडियो चौतारीमा गरेको वार्तालाप प्रस्तुत गरिएकोछ ।




