मूल खबर

यी हुन् कृष्ण दासलाई सिद्धबाबा बनाएर ठगी खानेहरु ……

इटहरी । कृष्ण बहादुर गिरी उर्फ कृष्ण दासलाई देखाएर ठगी खानेहरु अहिले चल्मलाउन थालेका छन् । बर्षौदेखि कृष्ण दासलाई देखाएर ठगि खानेहरु बलत्कार काण्डमा कृष्ण बहादुर गिरी उर्फ कृष्ण दास पक्राउ परेपछि बिभिन्न बहानामा चलखेल गर्न थालेका छन् ।

कहिले पत्रकारलाई पर्चा भित्र पैसा पठाएर फकाउन त कहिले प्रहरीका ठूला हाकिमहरुलाई मिलाउन लागि परेका छन् । ठगी खानेहरुका कारण प्रहरीले बलत्कार आरोपी कृष्ण दासलाई पक्राउ गरेपनि पक्राउ गरेको सार्वजनिक गर्न सकेको छैन ।

१२ बर्ष अघि भारतबाट सुनसरीको बराहक्षेत्र चतरामा आएर कृष्ण दास महाराजको रुपमा बस्न थालेका थिए । रामानन्दाचार्य सेवा पिठ स्थापना गरेर शुरुमा आफै अध्यक्ष बनेका कृष्ण दाससँग सहाकार्य गरेका थिए सुनसरी चतराका गणेश बिरही सुब्बाले ।

उनी रामानन्दाचार्य पीठमा १२ बर्ष अघि नै उपाध्यक्ष बनेका थिए । त्यसपछि अहिले सम्म बिरही कृष्णदाससँग मिलेर काम गर्दै आएका छन् ।

कृष्ण दासलाई देखाएर बिरहीले पनि राम्रै धन्दा चलाएको उनलाई नजिकबाट चिन्नेहरु बताँउछन् । अहिले उनी पीठका अध्यक्ष बनेका छन । कृष्ण दासलाई देखाएर ठगि खानेहरुको सुचीमा अर्का व्यत्ति हुन् लम्जुंग स्थायी घर भइ काठमाण्डौ बस्ने गोबिन्दबावु तिवारी ।

उनी अहिले रामानन्दचार्य पीठका उपाध्यक्ष हुन् । यसैगरि सिञ्चाई विभागका महानिर्देशक भइसकेका विश्व प्रकास पण्डित कृष्ण दसालाई देखाएर ठगी खानेमा पर्छन् । उनीसँगको मिलेमतोमा कृष्ण दासले सुनसरी मोरंग सिञ्चाई आयोजनाको १२ बिगाह जग्गा हडपेको बताइन्छ ।

यस्तै काठमाण्डौ घर भएका बुद्ध शाक्यले पनि कृष्ण दासलाई प्रयोग गरेर बिभिन्न बाहानामा फाइदा लुटेको बताइन्छ । धर्मका नाममा उच्च अहोदाका राजनीतिक व्यक्तीहरुलाई प्रभावमा पार्न सफल भएका कृष्ण गिरी उर्फ कृष्णदास महाराज यस अघि बिभिन्न काण्डमा मुछिएका छन् ।प्रकाशित मितिः मंसिर १५, २०७६ सञ्चारपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button