मूल खबर

उपनिर्वाचन परिणामले भ्रष्टाचारलाई अनुमोदन गर्‍यो : रवीन्द्र मिश्र

अनलाइनखबर
१५ मंसिर, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचन परिणामले भ्रष्टता, असक्षमतालाई अनुमोदन गरेको बताएका छन् । उपनिर्वाचनमा आफ्नो पार्टीको अपेक्षाकृत मत नआएपछि उनले यस्तो टिप्पणी गरेका हुन ।

‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्‍यो त्यसमा थप धेरै मेहन गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले ट्विटरमा भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

४५ हजार ५४५ मत सदर भएको कास्की–२ मा साझा पार्टीको जमानत जफत भएको छ । साझा पार्टीकी रजनी केसीले कुल ९४२ मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button