खबरमूल खबर

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भए

२० मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी बिहीबार दिउँसो बालुवाटारस्थित निवास गएका हुन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए ।

चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए पनि भित्री घाउ निको हुन केही समय लाग्नेछ । हिँडडुल गर्न तथा धेरै उठबस नगर्न प्रम ओलीलाई चिकित्सकहरुले सल्लाह दिएका छन् । उपचारमा संग्लग्न एक चिकित्सकले भने, ‘अब उहाँले विस्तारै नियमित काम गर्न सक्नु हुनेछ, तर, धपेडी नगर्न सल्लाह दिइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button