खबर

प्रतिरोध सङ्घर्षका लागि बाध्य नपार्न नेकपाको चेतावनी

काठमाडौँ : नेकपाले सरकारलाई अन्धाधुन्ध गिरफ्तारी, यातना र हत्या गरेर गैरराजनीतिक, गैरकानुनी, कायरतापूर्ण र अमानवीय हर्कत नगर्न चेतावनी दिएको छ । पार्टीको चेतावनीलाई ध्यान नदिई यस्ता हर्कत जारी राखेमा प्रतिरोध सङ्घर्षमा उत्रिन बाध्य हुने पनि नेकपाले जनाएको छ। पार्टीका ब्युरो सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी कपिललाई प्रहरीले गिरफ्तार गरेको सन्दर्भमा ब्युरो इन्चार्ज अरुणले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् ।

अरुणले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीका ब्युरो सदस्य तथा सिन्धुली जिल्ला सेक्रेटरी क. कपिललाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई २०७६ मङ्सिर २० गते उपचारका लागि हेटौँडा गएको बेला अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरिएको हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले विगत केही महिनादेखि नै आफ्नो फासिवादी हर्कत बढाउँदै लगेको छ । हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकसमेतलाई अमानवीय र गैरकानुनी ढङ्गले दमन गर्ने, गिरफ्तार गर्ने, झूट्टा मुद्दा थोपर्ने र हत्यासमेत गर्ने काम गरिरहेको छ । केपी–प्रचण्डमण्डली सरकारको यसप्रकारको गैरराजनीतिक, गैरकानुनी र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडलाई तत्कालै बिनासर्त ससम्मान रिहा गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा त्यसविरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैँ हुनुपर्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गराउँछौँ ।’२०७६, २२ मंसिर आईतवार ०९:२३ ई-रातो खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button