कला

‘पति पत्नी और वो’ को व्यापारमा उछाल

एजेन्सी, मुम्बई,

कार्तिक आर्यन, भूमि पेडणेकर र अनन्या पान्डे स्टारर तथा निर्देशक मुदस्सर अजीजको फिल्म ‘पति पत्नी और वो’ गएको शुक्रबारबाट प्रदर्शनरत छ । प्रदर्शनको पहिलो दिन जबरजस्त ओपनिङ गरेको फिल्मले पहिलो विकेन्डमा पनि तगडा व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार, फिल्मले पहिलो विकेन्डमा सानदार तरिकाबाट व्यापारमा उछाल ल्याएको छ ।

शुक्रबार फिल्मले ९ करोड १० लाखबाट ओपनिङ गरेको थियो । त्यस्तै, शनिबार १२ करोड ३३ लाख छापेको फिल्मले आइतबार १४ करोड ५१ लाख कमाउँदै बक्सअफिसमा उछाल ल्याएको छ । फिल्मले प्रदर्शनको तीन दिनमा कुल ३५ करोड ९४ लाख कमाउन सफल भएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले सय करोडको आँकडा छुने अनुमान गरिएको छ ।

यो फिल्म अभिनेता कार्तिक आर्यनको करिअरको सबैभन्दा ठूलो ओपनर बनेको छ । ‘पति पत्नी और वो’ भन्दा अगाडि यो रेकर्ड ‘लुका छुपी’ को नाम थियो । यो फिल्मले प्रदर्शनको पहिलो दिन ८ करोड १ लाख छापेको थियो । ‘प्यार का पञ्चनामा’ बाट करिअर सुरुवात गरेका उनका प्रायः सबै फिल्म दर्शक र समीक्षकले रुचाएका छन् । उनको अभिनय पनि निकै रुचाइने गरिन्छ ।

‘पति पत्नी और वो’ मा उनी चिन्टू त्यागीको भूमिकामा छन् । अभिनेत्री द्वय भूमि पेडनेकरले पत्नी र अनन्या पाण्डे प्रेमिकाको भूमिका निभाएका छन् । फिल्ममा अभिनयको कुरा गर्ने हो भने कार्तिक आर्यनले अघिल्ला फिल्ममा जस्तै जबरजस्त अभिनय गरेका छन् । भूमिको अभिनय उस्तै दमदार छ । अनन्याले पनि डेब्यू फिल्मभन्दा केही हदसम्म राम्रो काम गरेकी छन् ।flimykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button