खबर

जापानी भाषा परीक्षाको नतिजा सार्वजनिकः दुई चरणको परीक्षामा ५६ जना मात्रै पास

वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् ।

गत अक्टोबरमा लिइएको भाषा परीक्षामा एक जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने नोभेम्बरसहित दुई चरणमा सम्पन्न परीक्षामा जम्मा ५६ जना मात्र उत्तीर्ण भएको जापान फाउन्डेसनले जनाएको छ ।  राजधानी दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button