काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लागि सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सले तीनै जना भारतीय खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ ।
गत वर्ष यूएईका पुर्व कप्तान तथा अलराउन्डर रोहन मुस्तफा र ओपनर चिराग सुरीलाई अनुबन्ध गरेको बुटवलले यस पटक भारतीय अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यी तीनै जना भारतीय स्टेट स्तरको घरेलु क्रिकेट खेल्दै आएका खेलाडी हुन् ।
२६ वर्षिय अफ्ताबले राजस्थानबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । शिवमले भारतीय स्टेट स्तरीय प्रतियोगितामा ६४ खेलमा ६० इनिङमा २ हजार ४ सय ३३ रन बनाएका छन् । जसमा ८ शतक र ९ अर्ध शतक सामेल छ । उनको उत्कृष्ट प्रर्दशन २ सय ९ अविजित छ । शिवम सिंह विकेटकीपर र बलिङ पनि गर्ने गर्दछन् ।
हर्ष अलराउन्डर हुन् । बुटवलले पीपीएलमा मंसिर २९ मा काठमाडौं गोल्डेन्ससँग खेल्दै सुरुवात गर्ने छ । गत वर्ष पीपीएलमा सोमपालको टोली ५ खेलमा ३ मा हार र २ मा जित सहित पाँचौ स्थानमा रहेर बाहिरिएको थियो ।
बुटवलको टोली:
सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री ।
विदेशी खेलाडी :
अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क (तीनै जना भारतीय)



