कला

प्रेमध्वजलाई नेशनल म्युजिक अवार्ड २०७६को लाईफ टाइम अवार्ड

काठमाडौँ । रेडियो कान्तिपुरको शुक्रबार आयोजित नेशनल म्युजिक अवार्डमा गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । २१ औं बार्षिक उत्सवको अवसर पारेर रेडियो कान्तिपुरले होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको अवार्ड समारोहमा गायक प्रधानलाई एक लाख रुपैयाँ नगद र ताम्रपत्र सहित सम्मान गरेको हो । सात दशकदेखि नेपाली सांगितिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक प्रधानले आधुनिक, लोक, भजन, फिल्म र नेपाल भाषाका गरी सात सय भन्दा वढी गीतमा स्वर तथा संगीत दिईसकेका छन् ।

नेसनल म्युजिक अवार्डमा गतवर्ष आएका गीतहरु मध्येबाट विधागत उत्कृष्टलाई समेत सम्मान गरेको छ । पुरुष पार्श्व गायनतर्फ गायकमा ‘बनकी चरी।।।’ गीतबाट रुपक डोटेल र गायिकातर्फ ‘जिन्दगी नै।।।’ गीतबाट प्रविशा अधिकारी उत्कृष्ट बने । यसैगरि, पप गायनतर्फको विधामा ‘अलि अलि।।।’ गीतबाट गायक प्रताप दास र ‘म दामी छु।।।’ गीतबाट गायिका समृद्धि राई उत्कृष्ट घोषित भए । आधुनिक गीततर्फ भने गायक सुमनकुमार श्रेष्ठ ‘जिस्काउथे।।।’ गीतका लागि र गायिका संगीता राना प्रधानले ‘सम्झनामा नआउ।।।’ बोलको गीतबाट विधागत प्रतिष्पर्धीलाई पछि पार्दै अवार्ड जितेका थिए ।

लोक गीततर्फको अवार्ड ‘सालको पात टपरी हुने।।।’ का लागि गायक कुलेन्द विश्वकर्मा र ‘मुखैमा चिनी।।।’ गीतबाट गायिका सुनिता दुलालले यस वर्षको नेसनल म्युजिक अवार्ड हत्याए । पिपुल्स च्वाईस अवार्डतर्फ भने ‘गलवन्दी।।।’ गीतबाट प्रकाश सपुत र शान्ति श्री परियारले संयुक्त रुपमा अवार्ड ग्रहण गरे । युगल गीतमा ‘कर्के नजर।।।’ गीतबाट संजिव पराजुली र टीका प्रसांईले अवार्ड पाए । उत्कृष्ट व्याण्डको अवार्ड ‘लाहुरे।।।’ गीतका लागि मन्त्र व्याण्डले अवार्ड जित्दा उत्कृष्ट संगीत निर्देशकको अवार्ड कर्मा ग्याल्जेन बम्जनको पोल्टामा पर्‍यो । बमजनले ‘बाबाको टोपी।।।’ गीतका लागि उक्त अवार्ड जितेका हुन् । ‘कस्तो हाल।।।’ गीतका रचनाकार विरेन्द्र पाठकले उत्कृष्ट गीतकारको अवार्ड पाउँदा ‘कस्तो दुरी।।।’ गीतबाट बिक्रम बरालले नव गायकको उपाधी जिते । राष्ट्रिय गीत तर्फको अवार्ड भने ‘नविर्स है।।।’ गीतबाट चितमान गुरुङले प्राप्त गरे ।

सांगितिक क्षेत्रका उत्कृष्ट गायक, गायिका र सर्जकसंगै रेडियो कान्तिपुरले वर्षभरि सवैभन्दा धेरै विज्ञापन दिने उत्कृष्ट तीन विज्ञापन एजेन्सीहरुमा मिडिया सेन्स पहिलो, एड रिलिज दोस्रो र थम्सन नेपाल तेस्रो भएर सम्मानित भए ।

कार्यक्रममको उद्घाटनमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवम प्रवन्ध निर्देशक कैलाश सिरोहियाले रेडियो कान्तिपुर नीजि क्षेत्रबाट स्रष्टालाई रोयल्टी दिने पहिलो संस्था हुन पाएकोमा खुशी व्यक्त गर्दै यसपटक साबिकको १० रुपैयाँ रोयल्टी बढाएर १५ रुपैयाँ पुर्‍याइएको घोषणा गरे । देशभर ८० प्रतिशत भुभागमा सेवा विस्तार गरेको रेडियो कान्तिपुर झन्डै २५ लाख स्रोताको पहुँचमा रहेको जानकारी दिंदै अध्यक्ष सिरोहियाले रेडियो कान्तिपुरको वेभ साइटलाई परिस्कृत र परिमार्जन गर्दै सामाजिक सन्जालमा समेत बलियो उपस्थिती जनाउने बताए । रेडियो कान्तिपुरकै आरजेहरुद्वारा संचालित कार्यक्रममा विभिन्न गायक, गायिकाहरुले आफ्ना सांगीतिक प्रस्तुती दिएका थिए ।  कान्तिपुर दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button