खबर

अन्तरजातीय विवाहले दाइजो न्यूनीकरण हुँदै

७ वर्षीय महेश र २३ वर्षीया अनसा बस्नेतले विना दाइजो अन्तरजातीय विवाह गरेपछि महेशका आमा बुवाले आशीर्वाद दिनुहुँदै

जिवछ यादव
लहान, मंसिर २८ गते । तराई मधेशका जिल्लाहरुमा दाइजोप्रथाले जरो गाडेको अवस्थामा उच्च शिक्षा आर्जन गरिरहेका यूवा यवतीले अन्तरजातीय प्रेम बिवाह गर्न थालेपछि दाइजो न्यूनीकरण हुने देखिएको छ ।
लहान–१३ का महेश यादवले एमएड गरेर आफ्नै जातिमा दस लाख भन्दा बढी दाइजो दिइने सबैकुरा टुङगे लागेको वेला पहिलेदेखि प्रेम गरिरहेकी स्नातकपढेकी अनुसा बस्नेतसँग अन्तरजातीय विवाह गरेर दाइजोप्रथालाई चुनौती दिएको हो ।
एक रुपियाँ समेत अनुसाको पितासँग नलिई सरसवतीमा रहेको राम जानकी मन्दिरमा विवाह बन्धनमा बाँधिएका महेश र अनुसाका अनुसार उमेर पुगेपछि हामी दुबै जना वैवाहिक जीवनमा बाँधिएका छांै, समाजमा जरो गाडेको दाइजोप्रथा हटाउन पढेलेखेका युवा यूवतीहरुले नै हिम्मत गर्नुपर्छ सोचेर हामीले हिम्मत ग¥यौं । सुरुमा घरपरिवारले स्वीकार गर्न हिच्चकिच्चाएपनि पछि हामी दुबैको आडानले वातावरण सहज हुँदै गयो ।
अनुसा बस्नेतका अनुसार म मधेशी समुदायको घरमा विहे गर्दा कुनै असुविधा समस्या हुन्छ भने लागेको छैन, दस लाख दाइजो दिन लागेको ठाँउमा विहे नगरी महेशले मलाई ल्याँउदा सासु ससुराले कुनै किसिमको अपमानजनक शब्द बोल्नु भएको छैन । खुशीले आशीर्वाद दिएर घरकी जेठी बुहारी मात्रै होइन, छोरीकै रुपमा स्वीकार गर्नुभयो ।
महेशका पिता बलिराम यादवले भन्नुभयो, ‘मैले त बुहारी स्वीकारें तर अनुसाको माता पिताले आशीर्वाद समेत दिन नआएकोमा दुःख लागेको छ। छोराले विवाह गरेपछि नस्वीकार्ने कुरै भएन ।’
महिला अधिकारकर्मी रेणु कर्ण यादवले दाइजो प्रथालाई अन्तरजातीय र प्रेम विवाहले न्यूूनीकरण गर्दै गएको उदाहरण म पनि आफंै भएको भन्दै म कायस्थ जातिका मेरो पति यादव हामी दुबैजना प्रेमलाई विवाहमा परिणत गरेर सुखी जीवन बिताइरहेका छौैं, भन्नुभयो ।
मानव अधिकारकर्मी देवराज पोखरेलले दाइजोप्रथाका कारण महिला हिंसाको तस्बिर सामाजमा भयावह रहेको भन्दै दाइजोप्रथा अन्तय गर्नको लागि हामीले पटक–पटक जातीय अगुवा र मान्यजनहरुसँग समेत स्वजातीय वा अन्तरजातीय विवाहलाई बढावा दिएर दाइजोप्रथा हटाउन गरिरहेको आग्रहलाई नयाँ पुस्ताहरुले मनन गर्दै अघि बढ्न थालेकोले दाइजोप्रथा हटाउन मद्दत पुग्ने तर्क गर्नुभयो ।
लहान नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक सरियार कुमारी चौधरीले दाइजोप्रथा हटाउने उद्देश्यले अन्तरजातीय विवाहको सुरुवात म आफ्नै घरबाट गरेको भन्दै जेठी छोरीको विवाह पहाडे समुदायसँग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दाइजोको जोहो गर्न वैदेशिक रोजगारमा पिता र दाजुहरुलाई जानुपरेको छ भने साहु महाजनको चर्को व्याज तिनुपर्ने बाध्यताले सामाजमा दाइजोप्रथा हटाउन उमेर पुगेका युवा यूवतीलाई अन्तरजातीय विवाह गर्न सामाजले सहज रुपमा स्वीकार्नुको विकल्प छैन’

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button