खेलकुद

क्रिकेटर करण सम्मानित

पोखरा – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलिङ अलराउन्डर करण केसी सम्मानित भएका छन् ।

करणलाई बुधबार शिव प्रसाद पौडेल स्मृती प्रतिष्ठानले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा एक कार्यक्रम गर्दै रु २० हजार नगद रुपैयाँले सम्मान गरेको हो । सम्मान कार्यक्रममा कास्की जिल्ला प्रहरीका प्रमुख दान बहादुर कार्की, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषिराम गौतम र प्रतिष्ठानका अध्यक्ष बिनु रायमाझी पौडेल रहेका थिए ।

पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अवसर पारेर प्रतिष्ठानले करणलाई सम्मान गरेको थियो । प्रतिष्ठानले नेपाली क्रिकेटलाई ऐतिहासिक एकदिवसिय मान्यता दिलाउन प्रमुख योगदान दिएको भन्दै सम्मान गरेको जनाएको छ ।

सन् २०१८ मा नामिबियामा भएको आईसीसी डिभिजन २ मा लिग चरणको अन्तिम खेलमा क्यानडालाई हराउन करणले अविश्वसनिय ४२ रनको अविजित इनिङ खेलेपछि नेपालले नाटकीय रुपमा जित हात पार्दै जिम्बावेमा भएको एक दिवसिय विश्वकप छनोटमा पुर्याएका थिए । जुन एक दिवसिय विश्वकप छनोटमा नेपालले हङकङ र पप्पुुवा न्युगिनीलाई हराउँदै वान डे मान्यता पाएको थियो । (हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button