खेलकुद

जापानी स्टार मिनामिनो लिभरपुलमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले अस्ट्रियन क्लब रेडबुल साल्जवर्गका जापानी स्टार विंगर ताकुमी मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको छ। क्लबले बिहीबार मिनामिनोले साढे चार वर्षको लागि ७.२५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो ।

सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलमा रहने छन् । २४ वर्षे मिनामिनोले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको मैदानमा समूह चरणमा सनसनीपुर्ण एक गोल गर्दै प्रशिक्षक योर्गेन क्लोपमा नजरमा परेका थिए ।

क्लबसँगको लामो सम्झौतापछि मिनामिनोले लिभरपुलको खेलाडी बन्नु आफ्नो सपना रहेको र त्यो सपना सकार भएको बताए । ‘लिभरपुलको खेलाडी बन्ने मेरो सपना थियो । त्यो आज पुरा भएको छ ।’ सम्झौतापछि मिनामिनोले भने, ‘प्रिमियर लिग खेल्ने मेरो मुख्य लक्ष्य थियो । प्रिमियर लिग विश्वको उत्कृष्ट लिग मध्येको एक लिग हो । मैले मेरो फुटबल करियर बढ्दै जादा कुनै दिन प्रिमियर लिग खेल्ने सपना देखेको थिए । त्यो लिभरपुलबाट पुरा हुदैछ ।’

लिभरपुलका प्रशिक्षक क्लोपले मिनामिनो छिटो, छरितो र चलाखीपुर्ण खेलाडी रहेको र उनले लिभरपुलमा आफ्नो राम्रो प्रदर्शन गर्न सक्ने बताएका छन् । जनवरी ट्रान्सफर विन्डो अघि नै मिनामिनोलाई लिभरपुलले क्लबमा अनुबन्ध गर्न सफल भएको हा । यद्दपि मिनामिनो जनवरी १ बाट मात्रै लिभरपुलमा रहनेछ ।

२४ वर्षे मिनामिनोले यो सिजन साल्जवर्गबाट सबैखाले २२ खेल खेल्दै ९ गोल गर्नुका साथै ११ असिस्ट गरेका छन् । २०११ मा यु–१७ देखि जापानको राष्ट्रिय टोलीमा रहँदै आएको मिनामिनोले २०१५ देखि जापानको राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । मिनामिनोले २२ खेलमा ११ अन्तराष्ट्रिय गोल गर्न सफल भइसकेका छन् ।

साल्जवर्गमै रहेका साडियो माने र नेवी केइटाले पनि अहिले लिभरपुलबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button