मूल खबर

समाजवादी र नेकपाबीच खटपट

संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन्। सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् ।

सरकार र नेकपाले समाजवादीलाई वास्ता गर्न छोडे पनि समाजवादीले सरकार नछोड्ने जनाएको छ । समाजवादीका एक नेताले संविधान संशोधनको सर्तसहित सरकारमा सहभागी भएकाले संशोधनको काम पूरा गराउन सरकारमा बसिराख्ने बताए । पार्टीले अहिले सरकार छोड्ने निर्णय नगरेकाले सरकारमै बसेर संघर्ष गरिराख्ने समाजवादी पार्टीको रणनीति रहेको छ ।

पछिल्लो समय बसेको समाजवादी पार्टीको संघीय परिषद् बैठक र केन्द्रीय कमिटी बैठकमा सरकार र नेकपाको आलोचना गरिएपछि प्रधानमन्त्री ओली झन्झ रुष्ट भए ।

सरकारमै सहभागी भए पनि समाजवादी पार्टीका नेताले सार्वजनिक कार्यक्रममा सरकारको आलोचना गर्नबाट पछि हटेका छैनन् । राजधानी दैनिकमा  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button