खबर

पार्टीको नाम बेच्दै व्यक्तिगत फाईदा लिने मुक्ति गैरे बाट भ्रमित नहुन नेकपा पाल्पाको अनुरोध

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पार्टीबाट कारबाही भैसकेका मुक्ति गैरेले पार्टीको नाममा ब्यक्तिगत फाईदा लिन खोजेको भन्दै त्यसबाट सचेत रहन सबैलाई अनुरोध गरेको छ । पार्टीका जिल्ला समितीका पुर्व सदस्य तथा अखिल (क्रान्तिकारी)का पुर्व जिल्ला अध्यक्ष मुक्ति गैरेले गरेका गतिविधि पार्टी सम्बद्द नभएको भन्दै उनले गर्ने कुनै क्रियाकलाप र गतिविधि बाट भ्रमित नहुन अनुरोध समेत पार्टीले गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाका सेक्रेटरी भुवन जि.सी. द्वारा हस्ताक्षरीत प्रेस विज्ञप्ती मा भनिएको छ, ” मुक्ति गैरेलाई पार्टीको विधि पद्धति विपरित कार्य गरेकोले पार्टीबाट केहि महिना अगाडी नै निष्कासन गरिएको र हालसम्म पनि आम जनसमुदाय र मिडियामा केहि भ्रम रहेकोले निज गैरेको जुनसुकै गतिविधी हाम्रो पार्टी र सम्बद्ध ज.व.स. मोर्चासँग सम्वन्धीत नहुने कुरा सम्पूर्ण मिडिया र आम जनसमुदायमा अवगत गराउँदछौँ ।” उनलाई पार्टीले केही समय अगाडी विज्ञप्ति निकालेर कारबाही गरेको थियो । उनले कारवाहि परेपछि पनि धेरै ठाउँबाट आर्थिक लाभ लिनेगरी गतिविधि गरेको, पार्टीको बदनाम गर्ने गरेको र आफ्ना ब्यक्तिगत कृयाकलापलाई पार्टीको भन्दै फाईदा लिन खोजेको देखिएपछि सो विज्ञप्ति निकाल्नुपरेको पाल्पा पार्टीले जनाएको छ । पार्टी बाट निष्कासित गैरेले पार्टी बिरोधि गतिविधि गर्नुका साथै पार्टीको अावरणमा निजि लाभ लिएको देखिएकाले यस्ता कार्यबाट सचेत रहन सबैलाई अनुरोध गरिएको छ । सरकारले प्रतिबन्ध पछि पाल्पा बाट पक्राउ परेका गैरे केही दिन हिरासत बसेर पार्टी छाडेको घोषण गरेका थिए ।२०७६, ८ पुष मंगलवार ०८:०५ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button