मूल खबर

हिमपातमा फँसेका पर्यटकहरूलाई सेनाले गरे उद्धार

एनआरसी अनि सीएए(को विरोधमा दार्जिलिङमा विराट र्‍याली

दार्जिलिङ , एनआरसी र सीएए(को विरोधमा आज दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाले एउटा विराट र्‍यालीको आयोजना गर्यो। गोजमुमो द्द(को आयोजनामा आज बिहान लगभग नौ बजेदेखि उक्त र्‍याली दार्जिलिङबाट शुरू गरेर खरसाङसम्म पुग्ने भएको छ। उक्त र्‍यालीमा उपस्थित सबैले कालो पट्टी बाँधेर सीएए र एनआरसीको विरोधमा लेखिएको प्ला कार्डहरू हातमा बोकेका थिए। गोजमुमो अध्यक्ष विनय तामाङको नेतृत्वमा निकालिइएको उक्त र्‍यालीमा जीटीए चेयरम्यान अनित थापा, गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष अमृत योञ्जनलगायत अन्य शीर्ष नेतृत्वहरू एवम् धेरै संख्यामा मानिसहरू उपस्थित थिए।

एनआरसी अनि सीएए(को विरोधमा कांग्रेसद्वारा धरना

सिलगढी , एनआरसी अनि सीएएविरुद्ध देशभरि नै विभिन्न राजनैतिक पार्टीको तर्फबाट र्‍याली एवम् सभाहरूको आयोजना भइरहेको छ। यसै क्रममा आज भारतीय राष्ट्रिय कांग्रेसको स्थापना दिवसको अवसरमा दार्जिलिङ जिल्ला कांग्रेसका कार्यकर्ताहरू एनआरसी अनि सीएए(को विरोधमा सिलगढीको हाशमी चौकमा धरनामा बसेका छन्। उक्त धरनामा विधायक शंकर मालाकारलगायत अन्य शीर्ष नेता एवम् कार्यकर्ताहरू उपस्थित थिए। विधायक शंकर मालाकारले नोटबन्दी, जीएसटीलगायत केन्द्र सरकारद्वारा बनाइएको विविध कानुनको तीव्र निन्दा गर्दै जबसम्म उक्त कानुन रद्द गरिँदैन तबसम्म आफूहरूको आन्दोलन जारी रहने बताए।

हिमपातमा फँसेका पर्यटकहरूलाई सेनाले गरे उद्धार

सिक्किम , पूर्व सिक्किममा शुक्रबार भएको अधिक हिमपातमा फँसेका लगभग ज्ञछ सयदेखि ज्ञठ सय पर्यटकहरूलाई सेनाका जवानहरूको सहयोगमा सुरक्षित ठाउँमा ल्याइएको छ। प्राप्त जानकारीअनुसार माइल(नथुलामाझ यी सबै पर्यटकहरू हिजो परेको अधिक हिमपातको कारण फँसेका थिए। अधिक हिमपातमा पनि भारतीय सेनाले तत्कालै कार्वाही गर्दै बचाऊ अभियान चलाए। सेनाका जवानहरूले हिमपातमा फँसेका पर्यटकहरूलाई मौसम अनि अधिक उचाइँबाट सुरक्षा प्रदान गर्नको लागि भोजन, आश्रय, न्यानो लुगा(फाटा र दवाईहरू प्रदान गरे। पर्यटकहरूमा महिला, नानीहरू अनि वृद्ध(वृद्धा सामेल रहेका छन्। सबै पर्यटकहरूलाई आर्मी क्याम्पमा राखिएको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button