कला

धार्मिक शब्दमा कमेडी गरेकोमा युनाइटेड क्रिश्चियन फोरम सिलगढीद्वारा प्रतिवाद

सिलगढी : ईसाई धर्मको पवित्र शब्दहरूमा एउटा हालेलुयामा कमेडी गरेको बलीवुड स्टार रवीना टन्डन, फरहा खान एवम् भारती सिंहविरुद्ध आरोप उठेको छ। ईसाई धर्मको शब्द हालेलुया, जसको अर्थ भगवानलाई धन्यवाद दिनु हो तर क्रिसमसको अवसरमा प्रसारित एउटा शो-मा यी तीनजना कलाकारले यसमा कमेडी गर्ने प्रयास गरिएको आरोप रहेको छ। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर युनाइटेड क्रिश्चियन फोरमको तर्फबाट रेभारेन्ट कौस्टभ दत्तले उक्त शब्दको माध्यमद्वारा भगवानलाई धन्यवाद दिने गरिन्छ भनी बताए।

तिनले बलीबुडका तीनजना कलाकारहरूको यस आचरणले धार्मिक भावनामा ठेस पुर्‍याएकोले गर्दा देशभरि नै यसको प्रतिवाद चलिरहेको छ। पञ्जाबमा क्रिश्चियन समप्रदायको तर्फबाट एउटा एफआरआई पनि दर्ता गरिएको छ। युनाइटेड क्रिश्चियन फोरमको तर्फबाट हाल क्रिश्चियन समाजको पवित्र समय चलिरहेकोले गर्दा पछि सिलगढीमा पनि एउटा एफआरआई दर्ता गराइने तिनले बताए। यसबाहेक यी तीनजना बलीउड स्टारलाई सबैको सामु आफ्नो भूल स्वीकार गर्नको लागि आवेदन दिएको छ। संगठनको तर्फबाट यदि तिनीहरूको माग नमानिएको खण्डमा आउँदो दिनमा युनाइटेड क्रिश्चियन फोरम सिलगढीको तर्फबाट एउटा मौन र्‍याली निकालिइने भएको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button