कला

 चर्चित सेलिब्रेटिविरुद्ध मुद्दा

एजेन्सी । बलिउडका तीन चर्चित सेलिब्रेटिविरुद्ध पन्जाब प्रहरीमा मुद्दा परेको छ । चर्चित कमेडियन कलाकार भारती सिंह, अभिनेत्री रबीना टंडन र निर्देशक तथा कोरियोग्राफर फराह खान विरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा मुद्धा दर्ता भएको छ ।

पन्जाब अजनाला सहर इसाई फ्रन्टका निवासी तथा फ्रन्टका अध्यक्ष सोनू जफरले तीनजना विरुद्ध मुद्धा दर्ता गराएका छन् । उनले तीनैजना सेलिब्रेटीले हालेलुया भन्ने शब्द खिल्ली उडाउदै उच्चारण गरेको आरोप लगाएका छन् । इसाई धर्ममा चोट पुगेको छ । इसाई धर्ममा परमेश्वरको लागि प्रयोग हुने शब्द टेलिभिजन कार्यक्रममा मजाकका रुपमा प्रयोग गरेको बताउदै जफरले उनीहरु विरुद्ध मुद्दा दर्ता गराएको बताएका छन्।

यस विषयमा अभिनेत्री रबीना टंडनले भने आफूहरुले कुनै पनि धर्मको मजाक नउडाएको बताएकी छन् । सबै धर्मलाई मान गर्ने बताउदै रविनाले भुलवस आफूहरुबाट त्यस्तो कार्य भएको भए हुदयदेखि माफी मागेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button