विचार

स्वर्गीय ईमानसिङ चेम्जोङमा हार्दिक श्रद्धान्जली ।

भूपेन्द्र चेम्जोङ्ग

ईमानसिङ चेम्जोङ
-प्रथम लिम्बूवान अभियन्ता तथा ईतिहासकार
(सन्दर्भ ११७ औ ईमानसिङ जन्मजयन्ती, १ जनवरी २०२0)

लिम्बूवान स्वायतताका प्रथम अभियन्ता ईमानसिङ चेम्जोङलाई केवल ईतिहासकार,किरात भाषा सस्कृतीबिद मात्र भनिरहदा उनको प्रमूख योगदानलाई कतै अवमूल्यन गरिरहेका त छैनौरु कालिम्पोङ्को रिङ्केबुङमा १९०४ साल जनवरी १ कादिन आमा देवपुहाङमा र बुबा मेघरसिङको सुपुत्रको रुपमा जन्मिएका ईमानसिङ सानदेखी बिद्रोही स्वभावका थिए । उनको गुरुलेू किरातिहरु जङ्गली हुन्छनू भन्ने अभिब्यक्तिले उनको जिवननै पूरै बदलिदियो ।त्यो दिनदेखी किरातिहरुको बिषयमा दृढ भएर अनुसन्धान गर्ने अठोट गर्दै जिवनभर किराँतीहरुको राज्नैतिक आधिकार, भाषा,लिपि र सन्स्कारको अनुसन्धान र प्रचार प्रसारमा लागिरहे । स्वायत्त प्रदेशको स्थापना नभैइ पिछडिएको जातिहरु राज्यशक्तिमा पहुच राख्न सक्दैनन ,राज्यको नितिनिर्माण गर्ने ठाउमा पहुच नराखेसम्म उनिहरु भाषा,सन्स्कृति पहिचान बचाउन सकिँदैन र आर्थिक बिकास हुदैन भन्नेमा उनको दृढ बिशवास थियो । तसैले उनी २१ बर्षको उमेरमा नै लिम्बूहरुको साझा सन्स्था याक्थुङ चुम्लुङ हुनुपर्दछ भन्ने प्रस्ताब कालेम्पोङको एक भेलामा राखे र पारित समेत भयो । पछि आएर नेपालका लिम्बूहरुको सन्स्थाको नाम पनि चुम्लुङ नै राखियो । उनको रुचि भारतमा भन्दा आफ्नै मातृभूमि नेपालतिर बढ्न थाल्यो बि।स। २००९ सालमा ूलिम्बूवान सुधारसङघ ू नामक सामाजिक सन्स्थाको सभापती बनेर लिम्बूवान
स्वायत्त प्रदेश स्थापनाको लागि आगो बाले ।

उनको सन्स्थामा गैर लिम्बूहरुको उतिकै समर्थन थियो भन्ने कुरा सो सन्स्थाको महासचिव तेजबहादुर प्रसाईं रहनुले प्रष्टपार्दछ ।उनले सन्स्थाको घोषणापत्रमा प्रष्ट भनेको छ ू लिम्बूवान भूगोलको नाम हो, लिम्बूवान चारजात छतिस बर्णको घर हो ू। जुनकुरा आजका पहिचानबादी लिम्बूवानबादीहरुको घोषणापत्रमा हुबहु पाइन्छ । लिम्बूवान स्वायतताको मुद्दा उठाउदै बीस २०१५ सालको आमनिर्बाचनमा स्मेत २८ नम्बर क्षेत्रबाट उमेदवार भए ।उनी नेपाली काङ्रेसका उमेदवार पान्थरबासी गणेश रिजाल सङग पराजित भए । लिम्बूहरुले नै उनलाई हराए ।यसपछी ईमानसिङले आन्दोलनको स्वरुप बदले । स्वायत लिम्बूवान र किराँती पहिचान स्थापित गर्न ऐतिहासिक प्रमाण अपरिहार्य भएको ठहर्याए ।त्यसैले आफ्नो बाकी जीवन ईतिहास अनुसन्धानतिर केन्दृत गरे । उनका सबै कृतिहरु९किरात ईतिहास ई।स। १९४८० बि।स। २०१५ सालभन्दा पछि लेखिएकाछन । २०१८ सालमा रणधिर सुब्बा त्रीभुवन बिश्वबिद्यालयको उपकुलपती भएकोबेला ूकिरात भाषा तथा सन्स्कृती बिदूको रुपमा नियुक्त भएपछी जिवनको अन्तिम घडी बि।स।२०३३ सालसम्म अनावरत भाषा,सन्स्कृती र ईतिहासको अनुसन्धान गरेर दर्जन जति कृति छोडेर गएकाछन ।उनी बैकल्पिक ईतिहासका प्रणेता थिए । नेपालका हिन्दु शासकहरुले बिजेताको हैसियतले लेखेका ईतिहासको बिकल्पमा सहि र सत्य ईतिहास लेखे । दबाईएका जातिहरुको पहिचान पुनर्स्थापना गरे ।
ईमानसिङ चेम्जोङको योगदान नभएको भए नेपालका जनजातिहरु कहाँ हुनेथिए यसै भन्न सकिने अबस्था छैन ।तीनपुस्तादेखी पान्थर पुर्ख्याउली आङसराङबाट प्रबासमा रहेका ईमानसिङ उनका दुईछोराहरुलाई स्मेत
नेपालको उपल्लो दर्जामा ९ हाङ्सिङ डिआईजी र अर्का छोरा मोहन सिङ नेपालि सेनाको बृगेडियर जनरल ० पुर्याएर प्रबासी नेपालिहरुलाई मातृभूमी फर्कनुपर्दछ भन्ने शिक्षा दिएकाछन ।

यस्ता ब्यक्तिको सम्झना हरेक पहिचानबादी पार्टिहरुले गर्नुपर्दछ ।लिम्बूवान पार्टिहरुले उनको फोटो अग्रपङ्तिमा राखेर पुज्नुपर्द्छ ।
तर बिडम्बना याक्थुङ चुम्लुङ्ले लो प्रोफाईलमा राखेर जनवरी १मा सम्झना गर्ने औपचारिकता बाहेक अन्य कतै सम्झिएको देखिएन । राज्य पुनर्संरचना क्रममा पनि लिम्बुवानमा कहि कतै उनको नामबाट गाउँ पालिकाको नाम राख्ने समेत पहल गरिएन ।
हाल आएर उनलाई लिम्बूलाई किराँती भनेको भन्दै कसैले गाली समेत गरेको देखिन्छ । ईमानसिङ चेम्जोङ्ले किरात जातीलाई राई ,लिम्बू,याख्खा र सुनुवारमा मात्र सीमित नराखेर एक महाजातीको रुपमा लिएकाछन । नेपालको सन्दर्भमा आदिबासी जनजाती शब्द उनको समयमा प्रचलित थिएन।त्यसले नेपालको सन्दर्भमा उनले उल्केख गरेको किराँती शब्दले सम्पूर्ण आदिबासी जनजाती मङ्गोल नश्ललाई बुझाउछ ।स्वर्गीय ईमानसिङ चेम्जोङमा हार्दिक श्रद्धान्जली ।
फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button