
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना मुख्य फरवार्ड करिम बेन्जेमाको सम्झौता नवीकरण गरेका छन् । रियलले बेन्जेमाको सम्झौता १ वर्ष नवीकरण गरेको हो ।
यससँगै ३२ वर्षे फ्रेन्च फरवार्ड बेन्जेमा अब २०२२ सम्म रियलमा रहने छ । यसअघि उनको सम्झौता २०२१ को अन्त्यसम्म रहेको थियो । बेन्जेमालाई यसै सिजन लन्डन क्लब आर्सनलले अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर, उनले जनवरी ट्रान्सफर अघि नै क्लबसँग थप १ वर्षको सम्झौता अवधि लम्ब्याएको हो ।
यो सिजन नै रियलमा बेन्जेमाको अन्तिम समय रहने बताउदै आएपनि उनको सम्झौता थप भएको हो । बेन्जेमा २००९ मा फ्रेन्च क्लब लियोनबाट रियलमा आएका थिए । मड्रिडमा उनले ५०० औं सहभागिता खेल नजिक छ । उनले रियलका लागि २ सय ३८ गोल गरेका छन् ।
पछिल्लो समय खराव लयबाट गुज्रिरहेको बेन्जेमा आफ्नो प्रदर्शनलाई सुधार गरिरहेका छन् । यो सिजन उनले २३ खेलमा १६ गोल गर्न सफल भएका छन् ।
मड्रिडमा रहँदा बेन्जेमाले १७ उपाधि जितेका छन् । जसमा चार च्याम्पियन्स लिग, चार क्लब वल्ड कप, तीन युइएफए सुपर कप, दुई स्पेनिस ला लिगा, दुई कोपा डेल रे र दुई स्पेनिस सुपर कप जितेका छन् ।hamrokhelkud



