काठमाडौँ : रातो प्रकाशन गृह प्रा.ली.का प्रबन्ध निद्रेशक तथा पत्रकार भिमप्रसाद चापागाँईलाई प्रहरीले गिरफ्तार गरेको छ । रातोखबर साप्ताहिकको काम गरिरहेको बेला आईतबार अपरान्ह १ बजे काठमाडौँको नक्सालबाट चापागाँईलाई गिरफतार गरिएको हो । प्रकाशन गृहका निदे्रशक अनिल शर्मा विरहीले आफ्नो प्रकाशन गृहका प्रबन्ध निदे्रशक तथा पत्रकार चापागाईलाई बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल बिनाशर्त रिहाईको माग गरेका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निद्रेशक विरहीले बैचारिक आस्थाकै आधारमा मिडिया सम्बद्ध ब्यक्तिलाई गिरफ्तार गरेको भन्दै सरकार निरङकुश बन्दै गएको बताएका छन् । ब्यापक जनदबाबलाई अटेर गर्दै संसदबाट संचार अभिब्यक्तिमाथि अंकुश लगाउने सुचना प्रविधि विधेयक पारित गरेको भोलीपल्टै अपहरण शैलीमा पत्रकार चापागाँईलाई गिरफ्तार गर्नु संयोग मात्र नभएको प्रकाशन गृहले जनाएको छ ।
यस्तै रातो खबर साप्ताहिकका सम्पादक अशोकप्रसाद सुवेदीले पनि पत्रकार चापागाँईलाई गिरफ्तार गर्नु निन्दनीय भएको र उक्त गिरफ्तारी संचारक्षेत्रमाथि गरिएको नियोजीत आक्रमण भएको बताएकाछन् । यस्तै यस्तै रातो खबरसँग कुरा गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले कुनै पनि संचार माध्ययममाथिको आक्रमण सहैय नहुने बताएकाछन् ।
पत्रकार चापागाईलाई हाल काठमाडौँको सोह्रखुट्टे प्रहरी चौकीमा राखेको र अभद्र ब्यहारको मुद्दा लगाईएको उनको पारिवारीक श्रोतले जनाएको छ ।२०७६, १५ पुष मंगलवार ०८:३० ई-रातो खबर
0 19 1 minute read



