मूल खबर

मुख्यमन्त्रीको स्वागतको लागि सिलगढी सहरभरि लगाइयो ब्यानर अनि झण्डा

र्‍यालीमा अंश ग्रहण गर्न सिलगढी आइपुगिन् ममता ब्यानर्जी

सिलगढी : सीएए अनि एनआरसी-को विरोधमा भोलि शुक्रबार सिलगढीमा सम्पन्न हुने तृणमूल कांग्रेसको र्‍याली तथा जनसभामा अंश ग्रहण गर्न तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जी बिहिबार साँझ विमानमार्फत् बाघडुग्रा आइपुगिन्। यसपछि कठोर सुरक्षा व्यवस्थाबीच वाहनमा चढेर तिनी सिलगढीको उत्तरकन्या प्रस्थान गरिन्। मुख्यमन्त्रीको आगमनलाई लिएर सिलगढी सहरलगायत संलग्न क्षेत्रहरू तथा सडकको दुवै किनारमा ठुल्ठुला होडिङ, ब्यानर्स तथा तृणमूलको झण्डाहरू धेरै मात्रा लगाइएको छ। पार्टी सूत्रले दिएको जानकारीअनुसार मुख्यमन्त्रीको स्वागतको लागि 25 हजारभन्दा अधिक पार्टीको झण्डा तथा एक हजारभन्दा अधिक ठुल्ठुला ब्यानरहरू ठाउँ-ठाउँमा लगाइएको छ। भोलि सिलगढीको मल्लागढीबाट शुरू गरिने र्‍यालीभन्दा अगावै तृणमूल नेत्री ममता ब्यानर्जीले एउटा सभालाई पनि सम्बोधन गर्ने भएकी छन्।

उक्त र्‍याली तथा जनसभालाई सफल पार्नको निम्ति स्थानीय तृणमूलका नेताहरूलगायत विभिन्न विभागीय मन्त्रीहरू समेत सिलगढी आइपुगिसकेका छन्। मुख्यमन्त्रीको जनसभा स्थलको समेत तिनीहरूले आज दिउँसो निरीक्षण गरे। यसबाहेक उक्त र्‍याली तथा जनसभामा उत्तरबंगालका विभिन्न जिल्लाहरूलगायत पहाडबाट पनि धेरै संख्यामा तृणमूल समर्थकहरू भेला हुने पार्टी सूत्रले जनाएको छ। अर्कोतिर, हिल तृणमूलले दावी गरेअनुसार भोलि हुने र्‍याली तथा जनसभामा पहाडका दुई जिल्ला दार्जिलिङ र कालेबुङको विभिन्न ठाउँहरूबाट पनि धेरै संख्यामा तृणमूल तथा गोजमुमो विनय खेमाका समर्थकहरू उपस्थित हुनेछन्। उक्त र्‍याली तथा जनसभा अनि मुख्यमन्त्रीको आगमनलाई लिएर सिलगढी सहरलगायत छेउछाउका ठाउँहरूमा पुलिसले कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।

कालेबुङमा एकजना युवकको हत्या

कालेबुङ: कालेबुङमा एकजना युवकको हत्या भएको घटनाले सनसनी मच्चिएको छ। प्राप्त जानकारी अनुसार कालेबुङ 10 माईल निवासी निकिल तामाङ नयाँ वर्ष मनाउको लागि घरबाट गत 31 दिसम्बरको दिन गाडीमा निस्किएका थिए। आज दिउँसो तिनको शव कालेबुङको बिद्याङ प्राचीन झोडाबाट उद्धार गरेको छ।

मृतक व्यक्तिलाई कसैले हत्या गरेको हुन सक्ने प्राथमिक छानबिन पछि आशंका गरिएको तथापि तिनले आत्महत्या गरेको हो अथवा आत्महत्या गरेको हो भन्नेबारे हालसम्म स्पष्ट नभएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार घटना स्थलबाट शव उद्धार गरेर पोस्टमर्टमको लागि पठाउनको साथै घटनाबारे पुलिसले छानबिन शुरू गरेको छ।

बीवाईसी नेपाल विरूद्ध रोयल एफसी सिलगढ़ीको आरामदायक जीत

सिलगढी : रोयल एफसी सिलगढ़ीले आज बीवाईसी नेपालको टोलीलाई सहजै जीत हासिल गऱ्यो। मधुर मिलन संघ, मिलनमोड़ सिलगढीको सफल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज बिहिवारको खेल रोयल एफसी सिलगढ़ी बनाम बीवाईसी नेपालमाझ जम्का भेट भयो। निर्धारित समयसम्मको खेलमा रोयल एफसी-का खेलाड़ीहरूले 3-0 गोल गरेर बीवाईसी नेपाललाई आरामदायक जीत हासिल गऱ्यो। खेल शुरू भएको 25औ मिनटमा राहुल रायले पहिलो गोल गरेर आफ्नो टोलीलाई बढत दिलाए भने यसको लगत्तै दुई मिनटपछि 27औ मिनटमा अनि फेरि 42 औ मिनटमा ईन्द्रजीत छेत्रीले लगातार दुई गोल गरे।

आजको खेलमा बीवाईसी नेपालका खेलाड़ीहरूलाई रोयल एफसीसामु असहाय देखियो, जसको फलस्वरूप 3-0 गोलको अन्तरले सहजै पराजित भयो। आजको खेलमा जोड़ी गोल गर्ने तथा राम्रो खेलको प्रदर्शन गरेर दर्शकवर्गलाई खुबै मनोरञ्जन गराउने रोयल एफसी-का खेलाड़ी ईन्द्रजीत छेत्रीलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो।


चोरी भएको टोटो र बाइकसहित सातजना पक्राउ

मालदा : मालदा पुलिसले बाइक र टोटो तस्करी गुटसँग संलग्न रहेको आरोपमा सातजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले तिनीहरूबाट चोरी गरेको 7 वटा टोटो र 9 वटा बाइक उद्धार गरेको छ। पक्रा परेका यी व्यक्तिहरूले चोरी गरेको टोटो र बाइकहरू बेच्ने प्रयास गरिरहेको गोप्य सूचना पाएपछि मालदा पुलिसको विशेष टीमले अभियान चलाएर ती चोरी गरिएका टोटो र बाइक जफत गर्नको साथै 7 जनालाई पक्राउ गरेको बताइएको छ। मालदाका डीएसपी प्रशान्त देवनाथले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर इङ्ग्लिशबजार पुलिसले भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर चोरी गरेको चार टोटो एवम् पछि तीनवटा गरेर मोठ 7 वटा टोटो उद्धार गरेको बताए। यसको साथै पुलिसले वैष्णवनगर थाना सीमान्त ग्रामीण इलाकाबाट चोरी गरेको बाइक पनि उद्धार गरेको तिनले बताए। उक्त उद्धार गरिएको टोटो एवम् बाइकहरू अदालतको माध्यमद्वारा त्यसको मालिकहरूलाई फिर्ता गरिदिने तिनले बताए।


मुख्यमन्त्रीको स्वागतको लागि सिलगढी सहरभरि लगाइयो ब्यानर अनि झण्डा

सिलगढी : तृणमूल कांग्रेस नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीको सिलगढी आगमनलाई लिएर पार्टीका कार्यकर्ताहरूले सिलगढ़ी शहरसहित संलग्न क्षेत्रहरूमा एक हजारभन्दा अधिक ब्यानर तथा 25 हजार पार्टीको झण्डाहरू लगाइएको छ। उक्त ब्यानर अनि झण्डा लगाउने कार्य हालसम्म जारी नै रहेको बताइएको छ। यसको साथै दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको आयोजनामा भोली सीएए अनि एनआरसी-को विरोधमा शहरमा गरिने ऱ्यालीभन्दा अघि गरिने सभाको लागि मल्लागढ़ीस्थित सभा स्थलको निर्माण कार्य पनि युद्धस्तरमा चलिरहेको छ। भोली शहरमा निकालिइने ऱ्यालीभन्दा अघि मल्लागढ़ीको मैनाक लज अघिल्तिर हुने एउटा सभालाई मुख्यमन्त्री ममता ब्यानर्जीले सम्बोधन गर्ने छिन्। यसपछि यहाँबाट ऱ्याली निकालेर शहरको विभिन्न पथहरूको परिक्रमा गर्नको साथै अन्तमा यहाँको बाघाजतिन पार्क पुगेर ऱ्याली समाप्त हुनको साथै एउटा विराट जनसभा गरिने भएको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button