खबर

मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने

पुरानो ठेकेदार कम्पनी इटालीको सीएमसीबाट भुक्तानी पाउन बाँकी गिट्टी र बालुवा आपूर्तिकर्ताहरुले मेलम्ची खानेपानी आयोजना कार्यालयबाट भुक्तानी पाउने भएका छन् ।

उनीहरुले कुल करीब डेढ करोड रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।

सीएमसीलाई आपूर्ति गएिको सामान र त्यसका लागि आपूर्तिकर्ताले प्राप्त गर्न बाँकी रहेको रकमका सम्बन्धमा अध्ययन गर्न एक प्राविधिक समिति गठन गरिएको थियो ।

समितिको सिफारिशका आधारमा उक्त रकम भुक्तानी गर्ने आयोजनाको बोर्ड बैठकले निर्णय गरेको कार्यालयले जानकारी दिएको छ । आर्थिक अभियान  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button